पेशागत बीमा अभिकर्ता संघ, दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

२४ चैत्र २०७९, शुक्रबार १६:३२

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघको केन्द्रीय समितिको अधिवेशन काठमाडौंमा सुरु भएको छ । आज विहान काठमाडौंको दियालो पार्टी प्यालेस काठमाडौंमा सुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनको आज विहान उ्दघाटन सत्र सकिएको छ ।

दुई दिने राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै बीमा अभिकर्ताहरुको हक अधिकारको लागि नयाँ घोषणा पत्र समेत जारी गर्दै भोलि सम्पन्न हुनेछ ।

आजको उद्घाटन सत्रमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । राष्ट्रिय सम्मेलनमा देशैभरिका बीमा अभिकर्ताहरुको सहभागिता रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*