पेशागत बीमा अभिकर्ता संघको निर्वाचन अन्योलमा, सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी

२५ चैत्र २०७९, शनिबार १८:०१

अपडेटः 20:00

काठमाडौंको बसुन्धरामा जारी पेशागत बीमा अभिकर्ता संघको दोस्रो सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि मतदान सम्बन्धी प्रक्रिया सुरु भएको छ । अब मनोनयन दर्तादेखि मतदान गर्नेसम्मका कार्यहरु पूरा गरी नयाँ नेतृत्व चयन हुनेछ ।

 

………………………

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघको दोस्रो राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ । बीमा अभिकर्ताहरुको साझा संस्था भएर पनि बीमा अभिकर्ताहरुको लागि कुनै काम नगरेको आरोप लागेको पेशागत बीमा अभिकर्ता संघको काठमाडौंमा जारी राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्दैछ ।

तर, आजको लागि तोकिएको निर्वाचनबाट नयाँ नेतृत्व चयन अन्योलमा परेको छ । कूल ३६७ जना प्रतिनिधि रहेको पेशागत बीमा अभिकर्ता संघ, केन्द्रीय कार्य समितिको नयाँ नेतृत्वको लागि वर्तमान संस्थापन पक्ष नन्द प्रसाद तिवारी समुह र आन्दोलनबाट स्थापित गणेश अधिकारी समुहका बीचमा सर्वसम्मत नेतृत्व चयन गराउने प्रयास जारी रहेको छ ।

काठमाडौंमा जारी सम्मेलनमा हालसम्म पनि निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन । मुख्य निर्वाचन अधिकृतले सर्वसम्मतको लागि प्रयास गरिरहेका छन् । संस्थापन पक्षले भने निर्वाचन सुरु गर्न ढिलाई गरिरहेको आरोप लगाएको छ । त्यस्तै, विपक्षी अधिकारी समुहले पनि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्नेमा आफै घोषणा गरिए नमान्ने बताउँदै आएका छन् ।

स्वतन्त्रपूर्वक मतदानको विधिमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने दुवै पक्षले माग गरेपनि दुवै पक्षले आ–आफ्नो टिम घोषणा गर्दैछन् । यसैबीच, केही व्यक्तिले भने दुवै पक्षको टिम समावेश गरेर सर्वसम्मत नयाँ नेतृत्व घोषणा गर्नुपर्ने भन्दै पहल गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*