पेशागत बीमा अभिकर्ता संघमा संस्थापन पक्षको लज्जास्पद पराजय, केदार अधिकारीको प्यानलै बिजयी

२६ चैत्र २०७९, आईतवार १३:४३

काठमाडौं । पेशागत बीमा अभिकर्ता सघंको भर्खरै सम्पन्न मत गणना अनुसार संस्थापन पक्षले लज्जास्पद हार व्यहोरेको छ भने विद्रोही केदारनाथ अधिकारीको प्यानलै बिजयी भएको छ ।
बीमा प्राधिकरणले लादेका कैयौं अव्यवहारिक निर्णयका विरुद्धमा आन्दोलन गर्न नसकेको आरोप लागेका पेशागत बीमा अभिकर्ता संघका संस्थापन पक्षको लज्जास्पद पराजय भोगेको छ । आज सम्पन्न भएको निर्वाचनमा संस्थापक अध्यक्ष नन्द प्रसाद तिवारीले समर्थन गरेको राजेन्द्र आमात्यको प्यानलै ठूलो मतान्तरले पराजित भएको हो ।

निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा नारायण दाहाल, महासचिवमा ओम बहादुर खत्री क्षेत्रीय उपाध्यक्षमा देवी प्रसाद जैशी शर्मा, महेशदत्त भट्ट, सनत कुमार श्रेष्ठ, दामोदर गौतम, सूर्य बहादुर भट्टराई, दिपक अर्याल र विमल न्यौपानेले विजयी भएका छन् । सबै पदाधिकारीमा अधिकारीको प्यानल बिजयी भएको हो ।

त्यस्तै, सचिवमा बसन्तविक्रम कुँवर र कल्याणविक्रम पाण्डे बिजयी भएका छन् भने महिला सचिवमा अम्बिका गौतमले विजयी भएकी छिन् । संघको सहकोषाध्यक्षमा दुर्गा कुमारी भट्टराई बिजयी बन्न सफल भएकी छिन् ।

महिला सदस्य पदका लागी भएको निर्वाचनमा सीता दाहाल, बिन्दा विष्ट थापा, नानीमाया सापकोटा, गोमा देवी कोइराला भण्डारी, जानुका खनाल, रमा बुढाथोकी बस्नेत, क्रान्ति हमाल र रेखादेवी पोखरेल विजयी भएका छन् ।

त्यस्तै सदस्य पदमै मदन यादब, टंक प्रसाद न्यौपाने, सुन्दर बोहजु, प्रविन पोखरेल, राजु भण्डारी, धर्मराज भण्डारी, निरज कुमार भट्ट महेन्द्र प्रसाद यादब, अशोक कुमार गुप्ता, राम कुमार पाण्डे, बासुदेब त्रिपाठी, शंकर बहादुर कुँवर, ऋषिकेश पोखरेल र श्याम प्रसाद भट्टराई छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*