अभिकर्ता इजाजत पत्र नविकरण शुल्क अन्य भन्दा कनेक्ट आइपिएसमा सस्तो

२९ चैत्र २०७९, बुधबार ११:३१

काठमाण्डौ । अभिकर्ता इजाजत पत्र नविकरण शुल्क अन्य भन्दा कनेक्ट आइपिएसमा सस्तो छ ।अभिकर्ता इजाजत पत्र नविकरणका लागी नियामक निकाय नेपाल बीमा प्राधिकरणले विद्युतीय भुक्तानी सेवा कनेक्ट आइपीएसको माध्यम अन्य डिजिटल भुक्तानी भन्दा सस्तो रहेको छ।

बीमा प्राधिकरणले राजस्व संकलनको कनेक्सन आइपिएस, खल्ती, सेल पे र ई सेवालाई प्राधिकरणले स्वीकृति दिएको छ।यी सबै सेवा भन्दा कनेक्ट आइपीएस सबैभन्दा सस्तो र विश्वस्नीय रहेको अभिकर्ताहरु बताँउछन् । ।हाल कनेक्ट आइपीएसको माध्यबाट यो सेवा लिईरहेको अभिकर्ताहरुले पनि बिना झन्झट र कम शुल्कमा कम्पनीले सेवा प्रदान गरिरहेको बताए ।

नियामक निकायबाट जिम्मेवारी पाएर राजस्व संकलन गरिरहेका विद्युतीय सेवा प्रदायकले प्रति लाइसेन्स नविकरणवापत २ देखि ५ रूपैयाँ सेवा शुल्क रहेको छ।यी मध्ये पुरानो अनलाईन डिजिटल सेवा कनेक्ट आइपिएसले सर्वाधिक थोरै अर्थात जम्मा २ रुपैयाँमा सेवा शुल्क तोकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*