बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरण गराउने आज अन्तिम दिन

३० चैत्र २०७९, बिहीबार ०५:२७

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरण गराउने आज अन्तिम दिन रहेको छ। आजसम्म लाईसेन्स नविकरण गराएका अभिकर्ता र सर्भेयरहरुले बीमा क्षेत्रमा काम गर्न पाउनेछन् ।आजसम्म नविकरण नगरेमा भोलिदेखि अभिकर्ता तथा सर्भेयरहरुको लाइसेन्स स्वत खारेज हुनेछ । अभिकर्ताले लाइसेन्स खारेज भए पनि चाहेमा पुनः नयाँ लाइसेन्स लिन सक्ने छन् तर सर्भेयरको हकमा पाँत वर्षसम्म अर्को नयाँ लाइसेन्स पाइदैन ।

बीमा प्राधिकरणले एक साता अघि सूचना जारी गर्दै बीमा ऐन २०७९ बमोजिम बीमा अभिकर्ता तथा सर्भेयर इजाजतपत्र नविकरण गरिसक्नुपर्ने हुन्छ ।बीमा प्राधिकरणले तोकेको समयमा नविकरण नगराए सर्भेयरको लाइसेन्स स्वत खारेज हुनेछ । यदि उनीहरुको लाइसेन्स खारेज भएमा अवको पाँच वर्षसम्म अर्को इजाजतपत्र लिन मिल्दैन ।

बीमा प्राधिकरणको नियम अनुसार बीमा अभिकर्ता तथा सर्भेयरले चैत मसान्त भित्रमा नविकरण गरिसक्र्ने प्रावधान रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*