चैत मसान्तसम्मा ५० प्रतिशत बीमा अभिकर्ता र सर्भेयरहरुले गराए लाइसेन्स नविकरण, कुन कम्पनीबाट कतिले गरे ? (सूची सहित)

५ बैशाख २०८०, मंगलवार १३:२४

काठमाडौं। नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार चैत मसान्तसम्मा ५२।६१ प्रतिशत बीमा अभिकर्ताहरुले लाइसेन्स नविकरण गराएका छन् ।हाल संचालमा रहेका १७ कम्पनीका ४७।३९ प्रतिशत अभिकर्ताहरुले अझै लाईसेन्स नविकरण गराएका छैनन् । निर्जीवन तर्फ ५० प्रतिशत सर्भेयरहरुले लाइसेन्स नविकरण गराएका छन् । ३४३५ मध्ये १७२० बीमा अभिकर्ताहरुले चैत मसान्तसम्म लाईसेन्स नविकरण गराएका छन् भने बाँकि डब्बल दस्तुरमा पर्ने भएका छन् ।

 

बीमा ऐन २०७९ का अनुसार बीमा अभिकर्ताहरुले चैत मसान्तभित्र लाईसेन्स नविकरण गराउन पाउनेछन् । यस आर्थिक बर्षदेखि अभिकर्ताहरुले प्रत्येक आर्थिक बर्षमा र्लासेन्स नविकरण गराउन नपर्ने भएको छ।
यसअघि बीमा प्राधिकरणको पूरानो ऐन अनुसार प्रत्येक आर्थिक बर्षमा बीमा अभिकर्ताहले लाइसेन्स नविकरढा गराउदै आएका थिए।

यस आर्थिक बर्षदेखि अभिकर्ताहरुले दोहोरो कम्पनीको लाइसेन्स गर्न नपाउने गरिसफट्वयरमार्फत पनि गत आर्थिक बर्षसरी लाइसेन्स नविकरण नभएको देखिएको छ ।कुल बीमा अभिकर्ताको हकमा एलआईसी नेपाल अगाडि रहेको छ भने सङख्यात्मक रुपमा हेर्दा नेपाल लाइफ अगाडि रहेको छ। कम्पनीमा आवद्ध १६ हजार ९ सय ५६ बीमा अभिकर्ताहरुले बीमा अभिकर्ताको लाईसेन्स नविकरण गराएका छन् ।

चैत मसान्तसम्मा एलआइसी नेपालका बीमा अभिकर्ताहरुले सर्वाधिक लाइसेन्स नविकरण गराएका छन् । कम्पनीमा आवद्ध शतप्रतिशत बीमा अभिकतर्तामध्ये ६९.२० प्रतिशतको नविकरण गराउन सफल भएको छ ।

त्यस्तै, आइएमई लाइफका ६३ प्रतिशत अभिकर्ता र सिटिजन लाइफका ६२ प्रतिशतले लाईसेन्स नविकरण गराएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*