बीमा अभिकर्ता र सर्भेयरको लाईसेन्स नविकरण अझै गर्नु भएको छैन, कति लाग्छ विलम्व शुल्क ? हेरौं

६ बैशाख २०८०, बुधबार १५:४७

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरणको चैत मसान्तसम्मको अवधि सकिसकको छ । नियामक निकाय बीमा प्राधिकरणले तोकेको बीमा अभिकर्ताहरुको लाईसेन्स नविकरणको अवधि सकिएपनि विलम्व रकम तिरेर बीमा अभिकर्ता र सर्भेयरहरुले लाईसेन्स नविकरण गर्न पाउनेछन्।

चैत मसान्त पछाडि नविकरण गर्न चाहनेले अभिकर्ताहरुको लागि बीमा प्राधिकरणले नयाँ व्यवस्था लागू गरेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार सुरुको दुई महिनामा ३ सय रुपैयाँका दरले विलम्व रकम तिरेर लाईसेन्स नविकरण गराउनुपर्ने हुन्छ ।

दुई महिनापश्चात् २ सय रुपैयाँ मासिक र प्रतिदिन ५ सय रुपैयाँको दरले विलम्व रकम छुट गनुपर्नेछ ।सर्भेयरहरुको हकमा यस अवधिभित्र लाईसेन्स नगरे लाईसेन्स खारेज हुन्छ भने अभिकर्ताहरुले पुन परिक्षा दिनुपर्ने हुन्छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*