लयमा फर्कदै सुनको मूल्य, एक तोला खरिद गर्न एक लाख नौ हजार एक सय खर्चिनुपर्ने
११ बैशाख २०८०, सोमबार १०:४६

काठमाडौं । साता कारोबार दोस्रो दिन अर्थात सोमवार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६ सय रुपैयाँले कारोबार भैरहेको छ ।
अघिल्लो कारोबारको दिन अर्थात आइतवार नेपाली बजारमा सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँले कारोबार भैरहेको थियो ।
आज चाँदीको मूल्य स्थिर तोलामा २० रुपैयाँले घटेर एक हजार ४२० रुपैयाँमा कारोबार भैरहेको छ ।












