महासंघमा स्थायी समिति र सदस्यता समिति गठन

११ बैशाख २०८०, सोमबार १७:४२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा स्थायी समिति र सदस्यता समिति गठन भएको छ । महासंघको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८(ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सदस्यता समिति गठन भएको छ । स्थायी समितिका सदस्यहरूमा महासंघका निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, कोषाध्यक्ष, प्रदेश महासंघमा निर्वाचित अध्यक्षहरू रहेका छन् ।

त्यसैगरी सदस्यता समितिका सदस्यहरूमा महासंघका तीन जना उपाध्यक्षहरूलाई मनोनयन गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*