फ्लाई दुबई जहाजको इन्जिनमा समस्या आएपछि सात वटा जहाज नेपाली आकाशमा होल्ड
११ बैशाख २०८०, सोमबार २२:३२

फ्लाई दुबई जहाजको इन्जिनमा समस्या आएपछि केहीबेर सात वटा जहाज नेपाली आकाशमा होल्ड भएका छन्।
सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२० बजे उडेपछि फ्लाई दुबईको एउटा इन्जिनमा समस्या आएको थियो। उडेको केहीबेरमै ठूलो आवाज र आगो लागेको देखिएको थियो।
त्यसक्रममा नेपाली आकाशमा रहेका सात वटा जहाज होल्ड भएका हुन्। एयर अरबिया, मलेसियन एयर, सिंगापुर एयर, बुद्ध एयरका चारवटा जहाज नेपालकै आकाशमा होल्ड गरिएका छन्। अहिले यी सबै जहाज ल्यान्ड गर्नेक्रममा छन्।












