फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको विषय सत्य नहुन नसक्ने प्राधिकरणको पुष्टि
१२ बैशाख २०८०, मंगलवार ११:५४

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार साँझ ९ः२० बजे काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको विषय सत्य नहुन सक्ने बताएको छ।
यसअघि फ्लाइ दुबईले जहाजमा सम्भावित रुपमा चरा ठोक्किएको हुन सक्ने भन्दै ट्वीट गरेको थियो । प्राधिरकणले मंगलबार यसको पुष्टि हुन नसकेको जनाएको छ ।












