बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
१३ बैशाख २०८०, बुधबार ११:१४

काठमाडौं । साता कारोबार चौथो दिन अर्थात बुधवार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय रुपैयाँले कारोबार भैरहेको छ ।
अघिल्लो कारोबारको दिन अर्थात मंगलवार नेपाली बजारमा छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर एक हजार ४१५ रुपैयाँमा कारोबार भैरहेको छ ।












