घट्यो सुनको मूल्य, सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

१८ बैशाख २०८०, सोमबार १०:५९

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख नौ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भैरहेको छ ।

अघिल्लो दिन अर्थात आईतवार छापावाला सुन मूल्य १ लाख ९ हजार २ सय रुपैयाँमा र तेजाबी सु्नको मूल्य तोलामा १ लाख आठ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ४१५ रुपैयाँले कारोबार भईरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*