अर्बभन्दा बढी चुक्तापुँजी रहेका ८ लघुवित्त संस्थालाई दाजेर हेर्दाः कुन सूचकमा कुन अब्बल ?

२९ बैशाख २०८०, शुक्रबार १२:३६

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश लुघवित्त संस्थाहरुको मुनाफामा गिरावट आएको छ । हालसम्म तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका करिब ४० लघुवित्त संस्थाहरुमध्ये अधिकांशको मुनाफा गत वर्षको तुलनामा घट्न पुगेको छ ।

वित्तीय विवरण प्रकाशित गरेका लघुवित्त संस्थाहरुमध्ये बीमापोष्टले एक अर्ब भन्दा बढी चुक्तापुँजी रहेका ८ लघुवित्त संस्थाहरुको तुलनात्मक अध्ययन रिर्पोट तयार पारेको छ । जसमा अधिकांश सूचकमा छिमेक लघुवित्त अब्बल देखिएको छ ।

एक अर्ब भन्दा बढी चुक्तापुँजी रहेका लघु्वित्त संस्थाहरुमा छिमेक लघुवित्त, साना किसान लघुवित्त, जीवन विकास लघुवित्त, डिप्रोक्स लघुवित्त, आरएमडीसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स, स्वाबलम्बन लघुवित्त, निर्धन उत्थान लघुवित्त र फरवार्ड माइक्रोफाइनान्स रहेको छ । सो मध्ये अधिकांश सूचकमा सबैभन्दा छिमेक लघुवित्त अब्बल देखिएको छ ।

अधिकांश लघुवित्त संस्थाहरुको यस अवधिसम्म खराब कर्जा अनुपात (एनपीएल)बढ्न पुगेका कारण संस्थाहरुको मुनाफामा पहिरो आएको हो । संस्थाहरुको संचालन मुनाफा घटेसँगै इम्पेयरमेन्ट चार्ज समेत बढ्न पुगेको देखिएको छ । यसकारण पनि लघुवित्तहरुको नाफा गत वर्षको तुलनामा प्रभावित बन्न पुगेको हो । अर्बभन्दा बढी चुक्तापुँजी रहेका लघुवित्तहरुको वित्तीय सूचकलाई दाजेर हेर्दा कुन सूचकमा कुन संस्था अब्बल रहेको भन्ने तथ्य बीमापोष्टले तयार पारेको छ ।

खुद नाफाको आधारमा
अर्बभन्दा बढी चुक्तापुँजी रहेका ८ लघुवित्त संस्थाहरुमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ । छिमेकले चालु आवको तेस्रो त्रैमाससम्म ८८ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, साना किसान लघुवित्तले ५८ करोड ७६ लाख, जीवन विकासलेल ३२ करोड ९२ लाख, डिप्रोक्सले २७ करोड ७५ लाख र आरएमडीसीले २७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, फरस्ट माइक्रोफाइनान्सले १९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ भने स्वाबलम्बन, निर्धन उत्थान र फरवार्डले १० करोड भन्दा थोरै नाफा कमाएका छन् ।

खुद ब्याज आम्दानीको आधारमा
लघुवित्त संस्थाहरुले बैंक तथा वित्तीय संस्थापाट सापटी लिई वा सदस्यहरुबाट निक्षेप संकलन गरी सोही रकम कर्जा लगानी गरेका हुन्छन् । सोही कर्जा लगानीबाट लघुवित्तहरुले ब्याज आम्दानी गरी नाफा आर्जन गरेका हुन्छन् । यसअनुसार चैत मसान्तसम्म सबैभन्दा बढी ब्याज आम्दानी आर्जन गर्ने कम्पनीमा छिमेक नै रहेको छ । छिमेकले यस अवधिसम्म २ अर्ब ११ करोडमाथि ब्याज आम्दानी गरेको छ ।

त्यस्तै, नाफामा संकुचन देखिएपनि निर्धन उत्थानले पनि यस अवधिसम्म खुद ब्याज आम्दानी भने एक अर्ब ४० करोडमाथि गरेको छ । त्यस्तै, साना किसानको १ अर्ब २२ करोड, जीवन विकासको १ अर्ब १९ करोड, स्वाबलम्बल लघुवित्तको १ अर्ब ४ करोडमाथि खुद ब्याज आम्दानी रहेको छ ।
त्यस्तै, डिप्रोक्स, फरवार्ड, आरएमडीसी र फर्स्ट माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी भने करोडमा सीमित रहेको छ ।

चुक्तापुँजीको आधारमा
चुक्तापुँजीमा सबैभन्दा बढी अब्बल छिमेक लघुवित्त नै रहेको छ । छिमेकको यस अवधिसम्म चुक्तापुँजी २ अर्ब ८३ करोडमाथि रहेको छ । त्यस्तै, निर्धन उत्थान लघुवित्तको २ अर्ब ६१ करोड, साना किसान लघुवित्तको एक अर्ब ९७ करोड, आरएमडीसीको १ अर्ब ५६ करोड, डिप्रोक्सको १ अर्ब ५२ करोड, स्वाबलम्बनको १ अर्ब २९ करोड, जीवन विकासको १ अर्ब १८ करोड, फर्स्ट माइक्रोफाइनान्सको १ अर्ब १४ करोड र फरवार्ड माइक्रोफाइनान्सको एक अर्ब ५ करोडमाथिको चुक्तापुँजी रहेको छ ।

जगेडा कोषको आधारमा
बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय विवरणमा जगेडा कोष सूचक छुट्याएका हुन्छन् । भविष्यमा हुन सक्ने जोखिमाङ्कन गर्नका लागि संस्थाहरुले जगेडा कोषमा केही प्रतिशत रकम संचित गरेका हुन्छन् । यसैको आधारमा तेस्रो त्रैमाससम्म सबैभन्दा बढी जगेडा कोषमा रकम संचित गर्ने संस्थामा छिमेक लघुवित्त नै रहेको छ ।

संस्थाले सो अवधिसम्म जगेडा कोषमा २ अर्ब ३९ करोडमाथि रकम संचित गरेको छ । त्यस्तै, साना किसान लघुवित्तले १ अर्ब ९२ करोड, निर्धन उत्थानले १ अर्ब ८३ करोड, स्वाबलम्बनले १ अर्ब ६९ करोड, आरएमडीसीले १ अर्ब २० करोड, डिप्रोक्सले १ अर्ब १५ करोड, जीवन विकासले १ अर्ब ९ करोड रुपैयाँ संचित गरेको छ भने फरवार्डले जम्मा ९९ करोड र फर्स्ट माइक्रोफाइनान्सले २६ करोड ६२ लाख रुपैयाँ मात्रै संचित गरेको छ ।

प्रतिशेयर आम्दानी र नेटवर्थको आधारमा
लघुवित्त संस्थाहरुको प्रतिशेयर आम्दानी (इपीएस) र प्रतिशेयर नेटवर्थ वार्षिकीरुपमा परिणत हुने गर्दछ । वार्षिक रुपमा संस्थाहरुको इपीएस र नेटवर्थको मात्रै कम्पनीको शेयरमूल्यमा भ्यालुएशन हुने गर्दछ । संस्थाहरुको प्रतिशेयर आम्दानीले शेयरमूल्यमा प्रभाव पर्न जान्छ भने यता नेटवर्थले शेयरमूल्यको भ्यालुएसन गर्ने गर्दछ ।

सो अवधिसम्म सबैभन्दा बढी इपीएस हुने संस्थामा छिमेक लघुवित्त नै रहेको छ । छिमेकको इपीएस४१.४१ रुपैयाँ रहेको छ । त्यस्तै, साना किसानको ३९.७५ रुपैयाँ, जीवन विकासको ३७.१४ रुपैयाँ, डिप्रोक्सको २४.२५ रुपैयाँ, आरएमडीसीको २३.४ रुपैइाँ, फस्र्टको २२.६ रुपैयाँ, स्वावलम्बनको १०.२१ रुपैयाँ, फरवार्डको ५.५१ रुपैयाँ र निर्धन उत्थानको जम्मा २.२५ रुपैयाँ रहेको छ ।

त्यस्तै, यता प्रतिशेयर नेटवर्थको आधारमा भने सबैभन्दा बढी अब्बल जीवन विकास लघुवित्त रहेको छ । संस्थाको नेटवर्थ २६१ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै, फरवार्डको २५८ रुपैयाँ ५८ पैसा, साना किसानको २३८ रुपैयाँ ७७ पैसा, छिमेक लघुवित्तको २३२ रुपैयाँ ८ पैसा, स्वाबलम्बनको २३१ रुपैयाँ ५८ पैसा, आरएमडीसीको २२९ रुपैयाँ ४१ पैसा, डिप्रोक्सको २१३ रुपैयाँ ५८ पैसा, निर्धन उत्थानको १७३ रुपैयाँ ७६ पैसा र फर्स्ट माइक्रोफाइनान्सको १३७ रुपैयाँ ७३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*