बीमा कम्पनीका कर्मचारी प्राधिकरणको नियमनमा, स्नातक उत्तीर्ण नभएकालाई अधिकृत कर्मचारीमा नियुक्त गर्न नपाईने

१७ बैशाख २०८१, सोमबार १८:४३

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गरेका छ । बीमा प्राधिकरणले संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधनमार्फत कमर्चारी नियुक्त गर्ने बिषय नियमनको दायरामा ल्याएको छ।

बीमा कम्पनीका कर्मचारीलाई प्राधिकरणको नियमनमा कडाई गर्दै स्नातक उत्तीर्ण नभएकालाई अधिकृत कर्मचारीमा नियुक्त गर्न नपाईने व्यवस्था गरेको छ।

स्नातमक तह उत्तीर्ण नगरेका व्यक्तिलाई अधिकृत कर्मचारीको रुपमा नियुक्त नगर्ने र नियुक्त भईसकेको अवस्थामा स्नातक उत्तीर्ण नभएसम्म पदोन्नती नगर्ने व्यवस्थामा उल्लेख गरिएको छ। साथै बीमकसँग वित्तिय स्वार्थ भएको व्यक्ति कर्मचारीमा नियुक्त गर्न नपाउने व्यवस्था संसोधन गरिएको छ।

संसोधित संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा बीमा कम्पनीमा आवद्ध कर्मचारीहरुलाई तोकिएको ढाँचामा कार्यकारी प्रमुखले नियुक्ति पत्र र कार्य विवरण उपलब्ध अनिवार्य गराउने व्यवस्था रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*