ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

१९ बैशाख २०८१, बुधबार १०:३८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।

बुधबार छापावाला सुनको मूल्य एक लाख ३४ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*