जेठ १ गते काठमाडौं महानगरले एक लाख बिमितको कार्ड जारी गर्ने

२१ बैशाख २०८१, शुक्रबार १८:००

काठमाडौँ महानगरपालिकाले स्वास्थ्य बीमा गराएका महानगर भित्रका एक लाख बिमितको कार्ड जेठ १ गते जारी गर्न लागेको छ ।कार्ड जारी भएसँगै अब स्वास्थ्य उपचार सेवा सञ्चालन हुने भएको छ ।यसमा सबैभन्दा धेरै बिमित वडा नं। १५ बाट रहेको महानगरले जनाएको छ ।

महानगरका अनुसारबीमा गराउने कार्य नियमित चल्नेछ । कार्ड हरेक ३ महिनामा जारी हुनेछ ।अहिले वडा नं। ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं। २६ लैनचौर, वडा नं। १४ कलंकी, वडा नं। १९ कंकेश्वरी र वडा नं। ३० ज्ञानेश्वरका स्वास्थ्य प्रवर्धन केन्द्र बीमा बोर्डमा सूचीकृत रहेका छन् । बिमित व्यक्तिहरुले छानेका यी केन्द्रहरु सुरु सम्पर्क विन्दु हुन् । यिनै केन्द्रहरुबाट स्वास्थ्य उपचार सेवा प्रदान गने महानगरले जानकारी दिएको छ । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइने पनि बताइएको छ ।

यसरी प्रदान गरिने उपचार सेवा अनलाइन प्रणालीमा आधारित हुनेछन् । यसका लागि हरेक केन्द्रका ५ जना स्वास्थ्यकर्मीलाई ४ दिने सफ्टवेयर सञ्चालन तालिम सुरु गरिएको छ । बिहीबारबाट सुरु भएको तालिममा विवरण प्रविष्टि, उपचार सेवा, प्रयोगशाला तथा औषधिको विवरण अभिलेखन, प्रतिवेदनलगायत सिप सिकाइने बताउँदै स्वास्थ्य बिमा कार्यक्रमका फोकल पर्सन कमलप्रसाद भट्टराईले भने, ‘कागजबिहिन उपचार सेवाका लागि केन्द्रका स्वास्थ्यकर्मीलाई प्रविधि र प्रणाली सिकाउन तालिम गराएका हौँ ।

यसमा बिमित व्यक्तिले कार्ड देखाएपछि त्यसका आधारमा सफ्टवेयरमा नाम रजिष्ट्रेसन गरिन्छ । यसपछिका सबै प्रक्रिया सफ्टवेयरमार्फत नै हुन्छन् ।’ उनका अनुसार आकस्मिक सेवा, ओपिडी, प्रयोगशाला, रेडियोलोजी, फार्मेसीका सबै सेवा अनलाइन हुनेछन् । यसबाट विरामीको वास्तविक अवस्था उही नै समयमा सम्बन्धितले थाहा पाउन सक्ने र बिमा बोर्डले आफूले रकम भुक्तानी गर्नु पर्ने बिरामीको स्वास्थ्य उपचार र अवस्थाका बारेमा त्यही प्रणालीबाट सूचना तथा विवरण थाहा पाउने महानगरले जानकारी दिएको छ ।

सूचीकृत भएका बाहेक अन्य सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरुको पूर्वाधार निर्माण ९प्रयोगशाला, औषधि लगायत०, जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणहरुको प्राप्तिका काम गरिरहेको छ ।

यसको व्यवस्थापनपछि बिमा बोर्डमा सूचीकृत गराएर पहिलो सम्पर्क विन्दु बढाउँदै लैजाने योजना रहेको महानगरकी स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताइन् । सबै ९१—३२० वडाका लागि बिमा दर्ता सहयोगीले बिमा गराइरहेको उनको भनाइ छ ।

सेवा सञ्चालनका लागि स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले मापदण्ड तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*