सिवाईसी नेपाल लघुवित्तको नाफामा उछाल, कस्ता छन् अन्य सूचक?

१९ बैशाख २०८१, बुधबार १०:२२

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा २६३.४० प्रतिशतले बढेको हो ।

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म ७७ लाख सात हजार रुपैयाँ नाफा कमाएकोमा चालु आवमा बढेर दुई करोड ८० लाख रुपैयाँ पुगको हो । गत आवमा कम्पनीको कुल संचालन आम्दानी २२ करोड ९८ लाख रुपैयाँ रहेकोमा चालु आवमा १७.४९ प्रतिशतले बढेर २६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म २० करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा १७.९९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १७ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको थियो ।

समीक्षा अवधिमा कम्पनीको संचालन मुनाफामा पनि उल्लेख वृद्धि देखिएको छ । गत आवको तेस्रो त्रैमाससम्म ८७ लाख रुपैयाँ संचालन मुनाफा कमाएको यस कम्पनीको चालु आवमा २९१.०६ प्रतिशतले बढेर तीन करोड ४० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीले १७ करोड आठ लाख रुपैयाँ कर्मचारीमा खर्चिको छ । कम्पनीले अघिल्लो आवमा १२ करोड ८३ लाख रुपैयाँ कर्मचारीमा खर्चिएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल संचालन आम्दानी २६ करोड ४५ लाख रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा ४७.१७ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा कम्पनीको यस्ता आम्दानी २२ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको प्रतिशेयर आम्दानी ३.८५ रुपैयाँबाट बढेर १४.०२ रुपैयाँ पुगकोे छ । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ९.८४ प्रतिशतबाट घटेर ४.४७ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा दुई करोड १८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६.४० रुपैयाँ, तरलता अनुपात ९.२७, मूल्य आम्दानी अनुपात १२३.०५ गुणा र आधार दर १७.७७ प्रतिशत रहेको छ ।

चुक्ता पूँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङ र रिर्जभमा ३१ करोड रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीले पाँच अर्ब ७४ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने दुई अर्ब २६ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

One thought on “सिवाईसी नेपाल लघुवित्तको नाफामा उछाल, कस्ता छन् अन्य सूचक?

  1. Hakim says:

    Dear sir
    Subject= rid na payeko
    Yauta samuh ma rid khaye paxi arko samuh ma rid na Milne xa vane mero bachat Rakam firta gari dinu

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*