आइएमई लाइफको नाफा ७५% बढ्यो, कस्ता छन् अन्य सूचक?

१७ बैशाख २०८१, सोमबार ०७:१८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आथिर्क वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ७५.७९ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले गत आवमा १८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आवमा बढेर ३३ करोड १५ लाख रुपैयाँ पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी तीन अर्ब ५० करोड ८१ लाख रुपैयाँ रहेकोमा चालु आवमा १७.५२ प्रतिशतले बढेर चार अर्ब १२ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले तेस्रो त्रैमाससम्म तीन अर्ब २९ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १०.२४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले दुई अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

चालु आवको समीक्षा अवधिमा कम्पनीले तीन अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले दुई अर्ब ८९ करोड चार लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको समीक्षा अवधिको तुलनामा चालु आवमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.७९ प्रतिशतले बढी हो ।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९८ पैसा रहेकोमा चालु आवमा दुई रुपैयाँ ०७ पैसाले बढेर ११ रुपैयाँ ०५ पैसा पुगको छ ।

चुक्ता पुँजी चार अर्ब रुपैयाँ रहको यस कम्पनीले तेस्रो त्रैमाससम्म रिटेन्ट अर्निङमा ८५ करोड ९२ लाख रुपैयाँ, शेयर प्रिमियममा एक अर्ब ५२ करोड ५८ लाख र महाविपत्ति कोषमा १५ करोड ९१ लाख रुपैयाँ सञ्चिति गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोषमा आठ अर्ब ९० करोड ६७ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ४९.८० गुणा र प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*