नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले सर्वाधिक ८५ रुपैयाँसम्म बोनस पाउने

१६ बैशाख २०८१, आईतवार ०७:१०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितले पाउने नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणबाट वैशाख १२ गते स्वीकृत भएपश्चात् सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधि अनुसार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म प्रति हजारका दरले बोनस पाउने भएका छन् । यस बीमालेख अन्तर्गत सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवद उदय एकल जस्ता बीमा योजना रहेका छन् ।

त्यसैगरी, कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गतकै नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ६५ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ । सोही बीमालेखको जीवन समुन्नत बीमा योजनामा कम्पनीले बीमितलाई न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

सावधिक जीवन बीमालेखको सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १ र विकल्प २) बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ । त्यस्तै, यही बीमालेखको सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १) एकल बीमाशुल्क योजनामा बीमितले न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउनेछन् ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखको जीवन साहारा र अनमोल जीवन बीमा योजनामा बीमितलाई न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दिने भएको छ । यता, अग्रिम झुक्तानी सावधिक बीमालेखको जीवन सम्वृद्धि योजनाको सबै बीमा अवधिमा बीमितले ५० रुपैयाँ बोनस पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक बीमालेखको सबै बीमा अवधिमा कम्पनीले बीमितलाई समान ५० रुपैयाँ बोनस दिने भएको छ । यस बीमालेखमा धन वर्षा–१५ वर्ष, धन वर्षा–२० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती छोराछोरी र सदावहार जीवन बीमा योजना रहेका छन् ।

त्यस्तै, बीमितले कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमालेको नौलो जीवन सम्वृद्धि बीमा योजनाको सबै बीमा अवधिमा ५१ रुपैयाँ बोनस पाउनेछन् । यता, अन्य बीमालेखको जीवन सारथी योजनामा बीमितलाई कम्पनीले बीमा अवधि अनुसार न्यूनतम ६२ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९।८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*