बीमा अभिकर्ताको अभिन्न अंग बनिसक्यौ, व्यक्तित्व विकासमा बीमापोष्टको योगदान ठूलो छः केदारनाथ अधिकारी, अध्यक्ष पेशागत बीमा अभिकर्ता संघ नेपाल

३१ बैशाख २०८०, आईतवार १०:०६

काठमाडौं । बीमापोष्ट मैले नियमित हेर्ने गरेको छु । बीमापोष्टले बीमा जागरण अभियानको लागि सकारात्मक भूमिका खेलेको छ । बीमा अभिकर्तालाई उत्प्रेरणा, हौसला र उत्साह प्रदान गर्न बीमापोष्ट सदैव अगाडि रहँदैआएको छ । आम जनतामा बीमा सचेतना, बीमा जागरणको माध्यमबाट सिंगोदेशलाई बीमामय बनाउन भूमिका खेलेको मैले अनुभूति गरेको छु । बीमा क्षेत्रमा भएका विसङ्गति हटाउन र बीमा क्षेत्रले सुधार गनुपर्ने कार्यहरुलाई बीमापोष्टले अत्यन्तै राम्रो ढंगबाट प्रस्तुत गर्दै आइरहेको छ ।
यो एकदमै सराहनीय पनि छ । अझै आगामी दिनहरुमा बीमापोष्टले बीमा क्षेत्रमा भएका कमिकमजोरीहरुलाई केलाएर सिँगो इण्डस्ट्रिजको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा म विश्वस्त छु । अझै पनि सबैको मन जित्ने बनोस् ।
विशुद्ध अभिकर्ता पेशामा रहेका आम अभिकर्ताहरुको आवाजलाई बीमापोष्टले सधैं उठान गर्दै आइरहेको छ । अझै यसरी नै बीमा क्षेत्रसँग आबद्ध बीमाकर्मी वा बीमितहरुको समेत हकहितका लागि बीमापोष्टले यस्ता गतिविधिहरु समेटोस् भन्ने शुभकामना दिन चाहन्छु ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*