सहकारीबाट ५३ लाख चोरी गर्ने दुईजना पक्राउ

१ जेष्ठ २०८०, सोमबार १४:४१

काठमाडौं । सहकारी संस्थाबाट रकम चोरी गरी फरार रहेका दुईजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा ३३ लाख रुपैयाँ लिएर चोरी गरी फरार रहेका दुईजना मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ परेको हो ।

मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकवर लामालाई गत वैशाख १७ गते सहकारीबाट ३३ लाख रुपैयाँ चोरी गरेको आरोपमा पक्राउ गरेको हो । मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार उनीहरुलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुको साथबाट नगद पाँच लाख ४५ हजार रुपैयाँ, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए । उनीहरुलाई जिल्ल प्रहरी कार्यलय काभ्रेमा पठाइएको प्रवक्ता कार्कीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*