बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयको प्रभातफेरी तथा वार्षिकोत्सव कार्यक्रम सम्पन्न

१ जेष्ठ २०८०, सोमबार १५:१५

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको प्रभातफेरी तथा वार्षिकोत्सव कार्यक्रम आज बिहान सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अथिती बुटवल महानगरपालिकाका प्रमुख खेलराज पाण्डे रहेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पाण्डेले बीमा कम्पनीहरुलाई सुत्केरी बीमा पोलिसी जारी गर्न सुझाव दिएका थिए । यसका साथै, मेयर पाण्डेले महानगरपालिका भित्र बीमा सचेतना कार्यक्रम संचालन गर्ने र बीमालाई सहज रुपमा अघि वढाउन बीमा सहजकर्ता उपलव्ध गराउन समेत सुझाव दिएका थिए ।

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कर्मचारीहरु, जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीहरु, बीमा अभिकर्ताहरु लगायत करिव २०० जनाको सहभागिता रहेको थियो । सो प्रभात फेरी बिहान ८ बजेबाट सुरु भइ ९ बजे समापन भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*