नेपाल टेलिकमको भ्याकेन्सी भन्दै ठगी गर्ने गिरोह सक्रिय

११ जेष्ठ २०८०, बिहीबार १०:३५

काठमाडौं । नेपाल टेलिकमको भ्याकेन्सी भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको देखिएको छ । उक्त गिरोहले नेपाल टेलिकमको भ्याकेन्सी भन्दै आम सर्वसाधारणलाई विभिन्न समाजिक संजाल फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतको प्रयोग गरी ठग्न खोजेको पाएको छ ।

नेपाल टेलिकमले एक सूचना जारी गर्दै कुनै पनि शाखाबाट कर्मचारी माग नगरेको स्पस्ट पारेको छ । सूचनामा भनिएको छ ‘केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ’ ।

टेलिकमले कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपर्न अनुरोध समेत गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*