प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमण जाने तयारी

११ जेष्ठ २०८०, बिहीबार १२:०९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहि जेठको १७ गतेदेखि भारत भ्रमण जाने भएका छन् ।

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे जानकारी दिन प्रेस रिलिज सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत जाने र १८ गते समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । जेठ १९ गते उनी मुम्बई जाने र २० गते स्वदेश फर्किने गरी भ्रमणको तालिकालाई अन्तिम रुप दिने तयारी भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

भारत भ्रमण द्विपक्षीय हित प्रवर्द्धन, सम्बन्ध अभिवृद्धिमा मात्रै नभएर सीमा लगायतका समस्या समाधानमा पनि केन्द्रित रहने भनेर प्रधानमन्त्री प्रचण्डले बताउँदै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*