जीपले ठक्कर दिँदा एक शिक्षिकाको मृत्यु

११ जेष्ठ २०८०, बिहीबार १६:०२

काठमाडौं । जीपले स्कुटरलाई ठक्कर दिँदा दाङमा एक जना शिक्षिकाको मृत्यु भएको छ ।

दाङमा जिपको ठक्करबाट गम्भिर घाइते भएकी तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ बर्षिय सीता लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार गम्भिर भएकि घाइते सितालाई थप उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहिबार बिहान करिब १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरित दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगिशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*