आइएमई पेको नयाँ अफरः १ रुपैयाँको खेल आइएमई पे एपमा

१२ जेष्ठ २०८०, शुक्रबार १०:२८

काठमाण्डौ । आइएमई पे ले ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।

जेठ १० गतेदेखि जेठ १७ गतेसम्म चल्ने यस अफरमा आइएमई पेका सम्पूर्ण प्रयोगकर्ताले केवल रु. १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए–१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन् ।

प्रयोगकर्ताले यो खेल आइएमई पे एपको होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गई खेल्न सक्नेछन्। यस एकहप्ते अफरमा प्रयोगकर्ताले धेरै पटक रु. १ तिरी सो खेल खेल्न सक्नेछन्।

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सञ्जालमार्फत हुनेछ। यसका साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*