नेशनल लाइफद्धारा नेपलागन्जमा एमडिआरटी लक्षित भव्य प्रशिक्षण सम्पन्न

२१ जेष्ठ २०८०, आईतवार ०६:५२

नेपालगन्ज । नेशनल लाइफ इन्स्योरेन्सले नेपालगन्जमा भव्य प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । एमडिआरटीलाई लक्षित गर्दै कम्पनीले अर्ली एमडिआरटी विशेष प्याकेजको प्रबद्र्धन गर्दै नेपालगन्ज र आपसासका जिल्लास्थित शाखाका कर्मचारी तथा बीमा अभिकर्ताहरुलाई भेला पारेर भव्य कार्यक्रम सम्पन्न गरेको हो ।

होटल सिद्धार्थ भ्यू, नेपालगन्जमा आयोजित कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रख्यात भारतीय प्रशिक्षक शैयाद अहमद खानले तालिम दिए ।

कम्पनीले गत माघदेखि सञ्चालन गरेको अर्ली एमडिआरटी लक्ष्य पूरा गर्नेलाई सगरमाथा बेसक्याम्प लैजाने प्याकेजका लागि बीमा अभिकर्ताहरुलाई आवश्यक प्रशिक्षण तथा उत्प्रेरणा प्रदान गरेको जनाएको छ ।

कम्पनीकी तुलसीपुर शाखाका प्रमुख कमला खड्काले स्वागत मन्तव्य दिएकी थिईन् । कार्यक्रममा आर्थिक मन्दीकै बीचमा जीवन बीमा व्यवसाय विस्तार भइरहेको बताउँदै बजारमा मन्दी छ भनेर चुप लागेर नबस्न आग्रह गरे । मार्केटिङ प्रमुख शर्माले बीमा व्यवसाय संकटकै बीचमा पनि जोखिम हस्तान्तरण स्वरुप भइरहने बताउँदै बीमा अभिकर्ताहरुलाई उच्च मनोबल र दृढ विश्वासका लागि बजारिकरणमा निरन्तर सक्रिय भइरहन निर्देशन दिएका छन् ।

सो प्रशिक्षण कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, सल्यान, ६०० जति मानिसहरु सहभागी थिए । कम्पनीको ७ वटा जिल्ला अन्तर्गतका शाखा प्रमुख र मार्केटिङ प्रमुखहरुको उपस्थिति रहेको थियो ।

चैत्र मसान्तमै एमडिआरटी गरी कार्यक्रममा सहभागी मध्येबाट यसअघि तीन पटक नेपाल टप भइसकेका शंकर लामिछाने अशान्त र कुसुम बस्नेतलाई बाजागाजा सहित सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रममा एमडिआरटी केक काटेर उल्लासपूर्वक मनाइएको थियो ।

 

प्रशिक्षण कार्यक्रमपछि बीमा अभिकर्ताहरु उत्साह थपिएको र कार्यक्षेत्रमा खटिन थप मद्दत पुग्ने विश्वास गरेका छन् । उनीहरुले कम्पनीले गाउँ गाउँमा पुगेर बीमा सचेतना फैलाउँदै व्यवसाय चम्काउन आवश्यक टिप्सहरु दिएको प्रतिक्रिया दिएका छन् । कम्पनीले आर्थिक संकटकै बीचमा पनि ठूला बीमा पोलिसी भन्दा माइक्रो पोलिसीमा ध्यान दिन सही मार्गदर्शन मिलेको कार्यक्रममा सहभागी अभिकर्ताहरुले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*