नयाँ बीमा ऐन अनुसार बीमा अभिकर्ताका योग्यता कति हुनुपर्छ? कस्तो अवस्थामा लाईसेन्स खारेज हुन्छ ?

२४ जेष्ठ २०८०, बुधबार १३:१७

काठमाडौं । नयाँ बीमा ऐन अन्तर्गत बीमा अभिकर्ताहरुको योग्यता तोकिएको छ । हाल नियामावली बन्ने क्रममा रहेको बीमा ऐनमा बीमा अभिकर्ताहरु नेपाली नागरिक हुनुपर्ने पहिलो प्राथमिकता रहेको छ।

त्यस्तै, बीमा ऐनको व्यवस्था अन्तर्गत मान्यताप्राप्त संस्था वा बोर्डबाट दश जोड वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, प्राधिकरण, बीमक वा तोकिएको संस्थाबाट प्राधिकरणले निर्धारण गरे बमोजिकको बीमा सम्बन्धी तालिक प्राप्त गरेको, बीमा अभिकर्ताको परिक्षा उत्तीर्ण गरेको, प्राधिकरण वा बीमकले कालोसूचीमा नराखेको, प्राधिकरणले कानुन विपरीत कार्य गरेको भनी कारवाही गरेको तीनबर्ष पूरा भईसकेको र कानुन बमोजिम करार गर्न योग्य भएका व्यक्तिहरु अभिकर्ता बन्न सक्ने व्यवस्था नयाँ नियामावलीमा रहेको छ।

त्यस्तै, संस्थागतको हकमा भने सम्बन्धीत संस्थाको कार्यकारी प्रमुख वा कुनै एकजन उच्च व्यवस्थापकको योग्यता उपनियम १ मा उल्लेख भए बमोजिक हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, (३) उपनियम (२) बमोजिम योग्यता कायम नभएमा संस्थागत अभिकर्ताको इजाजत स्वतःरद्ध हुने व्यवस्था नयाँ ऐनमा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*