बीमा अभिकर्ताहरुको लाईसेन्स नविकरणमा थप कडाई, यस्ता छन् नयाँ व्यवस्थाहरु

२८ जेष्ठ २०८०, आईतवार १६:३०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुको लाईसेन्स नविकरणमा थप कडाई गर्ने भएको छ ।प्राधिकरणले बीमा अभिकर्ताको लाईसेन्स नविकरण सम्बन्धी व्यवस्था नयाँ बीमा ऐन अन्तर्गत कडाई गर्न लागेको हो । प्राधिकरणले यसअघि नै बीमा अभिकर्ता पेशा मर्यादित र व्यवस्थित बनाउन अभिकर्ता सम्बन्धी निर्देशिका लागू गरिसकेको छ ।

प्राधिकरणले बीमा नविकरण गराँउदा आफनो कामको सम्पूर्ण विवरण पेश गरेपश्चात् मात्रै नविकरणको सुविधा प्रदान गर्न दिने भएको छ।बीमा ऐनमार्फत नै बीमा अभिकर्ताहरुलाई बाध्ने तयारी गर्दै बीमा प्राधिकरणले अभिकर्ताले बिक्रि गरेको बीमालेख प्राधिकरणले निर्धारण गरे बमोजिमको सेवा उपलब्ध गराएको प्रमाणपत्र पेश गरेमात्रै नविकरणको सुविधा दिने भएको छ।

त्यस्तै, संस्थागत बीमा अभिकर्ताको हकमा संस्थागत बीमा अभिकर्ताले इजाजत नविकरणका लागि निवेदन पेश गर्दा बीमा प्राधिकरणको परिक्षा निर्देशिका बमोजिम संस्थामा कार्यरत एक व्यक्ति भएको विवरण पेश गनुपर्ने हुन्छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*