बीमा प्राधिकरणमा पेशागत बीमा अभिकर्ता संघले बुझाए १७बुँदे ज्ञापनपत्र, यस्ता छन् संसोधन गनुपर्ने बुँदाहरु

मन्त्रालयबाट ड्राफट मस्यौदा फिर्ता ल्याउन माग
३१ जेष्ठ २०८०, बुधबार १६:१०

काठामडोैं । नेपाल बीमा प्राधिकरणमा पेशागत बीमा अभिकर्ता संघ नेपालले १७  बुँदे ज्ञापनपत्र बुझाएका छन्। बीमा नियमावली २०८० को मस्यौदा अभिकर्ताहरुको विरुद्ध भएको भन्दै १५ बुँदे माग संसोधन गर्न ज्ञापनपत्र बुझाएका छन् ।

अभिकर्तासँग छलफल नै नगरि बनाईएको मस्यौदामा धेरै बुँदाहरु संसोधन गनुपर्ने भएको कारण संसोधन गनुपर्ने पाटोहरु धेरै भएको कारण अर्थमन्त्रालयबाट उक्त ड्राफटमा रहेको मस्यौदा फिर्ता ल्याउन समेत माग गरेको छ।संघले ज्ञापनपत्रमार्फत यस अगाडि बीमा समितिबाट जारी आदेशहरुबाट प्राप्त सुविधाहरु, प्राधिकरणसँग एवम् विभिन्न बीमा कम्पनीहरुसँग अभिकर्ता प्रतिनिधिहरुबीच विगतमा भए गरेका सम्झौताहरु मार्फत श्रमजीवी अभिकर्तालाई दिइएका सेवा सुविधाहरु घटाउन, हटाउन र तोडमरोड गर्न नपाइने बताएको छ ।

बीमा अभिकर्ताको इजाजत पत्र नवीकरण सम्बन्धि बीमालेख प्राधिकरणले निर्धारण गरे बमोजिमको प्रतिशतमा नवीकरण भएको प्रमाण पेश गर्नु पर्ने भन्ने प्रावधान हटाउनु पर्ने माग गरेको छ । ‘बीमा अभिकर्ताको इजाजत पत्र नवीकरण सम्बन्धि नियम ४७ को उपनियम ९१० को खण्ड ९ख० मा विक्रि गरेको बीमालेख प्राधिकरणले निर्धारण गरे बमोजिमको प्रतिशतमा नवीकरण भएको प्रमाण पेश गर्नु पर्ने भन्ने प्रावधान हटाउनु पर्दछ । बीमालेख नविकरण गर्ने वा नगर्ने भन्ने कुरा बीमितको मौलिक अधिकारको कुरा हो ।’ बीमा अभिकर्ता संघ नेपालले ज्ञापनपत्रमा भनेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*