बीमा पोलिसी त्याग्नेको संख्या २७ प्रतिशतले बढ्यो, कुन कम्पनीमा कति ? (तथ्याङ्क सहित)

१५ श्रावण २०८०, सोमबार १९:३४

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा पोलिसी सरेण्डर अघिल्लो आर्थिक  बर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ। बर्षिनै पोलिसी सरेण्डरको दर घट्ने अपेक्षा गरेपनि यसको वृद्धिदर भने अझै रोकिएको छैन ।

गत आर्थिक बर्षको असार मसान्तसम्ममा बीमा कम्पनीहरुमार्फत र १४ अर्ब २७ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएका छन् ।अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर १२ अर्ब रुपैयाँ थियो । बीमा प्राधिकरणले बीमा अभिकर्ता पेशालाई मर्यादित बनाउने वातावरण सिर्जना गरेसँगै आगामी आर्थिक बर्षमा सरेण्डको दर केही मात्रामा कमी आउने बीमा विज्ञहरु बताँउछन् ।

बीमालेखको आधारमा हेर्ने हो भने गत आर्थिक बर्षको तुलनामा २७ प्रतिशतले घटेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ। आव २०७८÷७९ मा विभिन्न कम्पनीका ८१ हजार ८६० बीमितले बीमा पोलिसी सरेन्डर गरेका थिए ।गत आर्थिक बर्षको सोअि अवधिमा १ लाख माथि बीमा पोलिसी सरेण्ड भएका छन् ।

नेपाल लाइफ, एशियन लाइफ, महालक्ष्मी लाइफ र सानिमा रिलायन्स लाइफमा बीमा पोलिसी सरेण्डर गर्ने बीमितहरको सङख्या घटेको छ।गत आर्थिक बर्षको तुलनामा कम्पनीको बीमा पोलिसी त्यागने बीमितिको सङख्या तुलनामा ४.५२ प्रतिशतले घटेको छ।

गत असार मसान्तसम्म ३२ हजार १२६ बीमितले ४ अर्ब ७८ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् ।अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा नेपाल लाइफका २६ हजार ६०३ बीमतिले ५ अर्ब एक करोड ५४ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर गरेका थिए ।

क्रमिक रुपमा भने कम्पनीको बीमा पोलिसी सरेण्डर अग्रस्थानमा रहेको छ । कम्पनी नेपालकै सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने कम्पनी हो । जसको कारण यो रोसियोमा सरेण्डर हुनु ठिकै हो । कम्पनीले यसको दर भने विस्तारै घटाउदै लगेको देखिन्छ ।

त्यस्तै, एशियन र महालक्ष्मी लाइफ र सानिमा रिलायन्स लाइफको बीमा पोलिसी सरेन्डर घटेको छ।

यस अवधिसम्ममा सबैभन्दा धेरै महालक्ष्मी लाइफले बीमा पोलिसी सरेण्डरको दर घटाएको छ। गत आर्थिक बर्षको तुलनामा कम्पनीको बीमा पोलिसी सरेण्डर ४४ प्रतिशतले घटेको छ ।

एशियन लाइफ इन्स्योेरेन्सको १६ प्रतिशत र सानिमा रिलायन्सको ११ दशमलव ५५ प्रतिशतले घटेको छ।
एयिशन लाइफको ४९ करोड ३९ लाख रुपैयाँ बराबरको ६ हजार ५७९ वटा बीमालेख सरेन्डर भएका छन् । यस अवधिमा कम्पनीको पोेलिसी त्याग्नेको संख्या १०.६५ प्रतिशतले घटेको छ भने सरेन्डर रकम १६.१४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा उक्त कम्पनीका ७ हजार ३५७ बीमितले ५८ करोड ९० लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका थिए ।

महालक्ष्मी लाइफको ३ करोड ५७ लाख रुपैयाँ बराबरको ३१२ वटा बीमालेख सरेन्डर भएका छन् । अघिल्लो आवको तुलनामा कम्पनीको सरेन्डर रकम ४४.२१ प्रतिशत पुगेको छ ।गत आर्थिक बर्षमा २ करोड माथि रहेको पोलिसी सरेण्डर घटाएर साढे १ अर्बमा झारेको छ ।

पाँच कम्पनीको ५० प्रतिशतभन्दा माथि बीमा पोलिसी सरेण्डर भएका छन् । बाँकि पाँच कम्पनीहरुले केही सुधार गर्दै जाने बाटो अपनाएको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*