कोहलपुरका मानव खत्रीलाई जन्मदिनमा सुर्यज्योती लाइफ बीमा पोलिसी उपहार

१६ श्रावण २०८०, मंगलवार ०७:१८

काठमाडौं । हरेक आमा बुबाहरुलाई आफ्नो बालबालिका को भबिष्यका बारेमा चिन्ता रहन्छ । आजभोलि बिशेष अवसर पारेर बीमा गर्ने चलन बढिरहेको छ । खर्च कटौति आफैमा बचत हो । विभिन्न बाहनामा हुने खर्च कटौति गर्ने र त्यस्तो रकम बीमामा बचत गर्दा बचत र जोखिम रक्षावरण दुवै हुने हुँदा यसतर्फ आकर्षित हुने क्रम बढिरहेको छ ।

यसैक्रममा सुर्यज्योति लाइफ इन्स्योरेन्सका कोहलपुर शाखाका एजेन्सी म्यानेजर जानकी गिरीले आफ्नो छोरा मानव खत्रीलाई जन्मदिनको अवसरमा सुर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजनाको पोलिसी उपहार हस्तान्तरण गरिएको छ । गिरीले भबिष्यमा शैक्षिक योजनाको लागि छोरालाई जन्मदिनको अवसरमा १० लाख रुपैयाको जीवन बीमा पोलिसी उपहार प्रदान गरेकी हुन् ।

थोरै थोरै बीमा शुल्क जम्मा गरेर अवधी समाप्तिमा एकमुष्ट पाइने बिमाङ्क रकम र बोनस रकमबाट आजका बालबालिका भोलि किशोर र युवा अवस्थामा पुग्दा आईपर्ने उच्च शिक्षा तथा अन्य खर्चका लागि सहज हुने भएकोले यसतर्फ आकर्षण बढिरहेको छ । साथै आफ्नो (प्रस्ताबक) को जीबनमा कुनै भवितव्य घटना भएमा पनि योजना अनुसार बालबालिकाकोे पढाईको जोखिम सुर्यज्योतिले ब्यहोर्ने हुँदा सबैले बच्चाको अनिवार्य बीमा गर्नुपर्ने एजेन्सी म्यानेजर जानकी गिरीले बताईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*