हिमालयन लाइफको एजेन्सी म्यानेन्जर कन्फ्रेन्स पोखरामा सम्पन्न, उत्कृष्ट एमडिआरटीहरु सम्मानित

२१ श्रावण २०८०, आईतवार ११:१८

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले पोखरामा एजेन्सी म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबारदेखि सुरु भएको कार्यक्रम हिजो शनिबार भव्य रुपमा सम्पन्न भएको हो । युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले तीन वटै कम्पनीका एजेन्सी म्यानेजरहरुको भेला गरी भव्य कार्यक्रम गरेको हो ।

सो कार्यक्रममा कम्पनीका सिईओ मनोजला कर्ण, डेपुटी सिईओ विपिन कुमार लालसहितको टिमले एजेन्सीहरुलाई पुनर्ताजगी तालिम प्रदान गरेको थियो । त्यस्तै, कार्यक्रममा बीमा अभिकर्ताहरुलाई चालु आवमा व्यवसाय रणनीति तर्जुमा गरी परिचालन गरेको छ ।

पोखराको माउण्ट कैलाश रिसोर्टमा आयोजित भव्य र विशाल कार्यक्रममा ३०० जना भन्दा बढि एजेन्सी, सिनियर एजेन्सी तथा बीमा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कम्पनीले यस पटक तीन वटा फरक फरक कम्पनीमा उत्कृष्ट व्यवसाय गर्ने उत्कृष्ट एजेन्सी म्यानेजरहरु युनियनबाट इन्द्र बिक, प्राइमबाट टेक प्रसाद आचार्य र गुराँसबाट कृष्ण बहादुर भट्टाराईलाई विशेष सम्मान गरिएको हो । व्यक्तिगत रुपमा सबैभन्दा बढि व्यवसाय गर्ने युनियनबाट हिरन डोटेल, प्राइमबाट सरोज देवकोटा र गुराँसबाट बुद्ध कुमारी बस्नेतलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा सिईओ मनोजलाल कर्ण, सिनियर डेपुटी सिईओ विपिन कुमार लाल तथा कम्पनीका मार्केटिङ प्रमुख माधव शर्माले उत्प्रेरणामूलक तालिम तथा पुनर्ताजगी तालिम दिएका थिए ।

साथै कार्यक्रममा एमडिआरटी बिजेताहरुलाई पनि सम्मानति गरिएको थियो । कार्यक्रमपछि एजेन्सी म्यानेजर तथा बीमा अभिकर्ताहरुमा उत्साह बढेको तथा कार्यक्षेत्रमा काम गर्न थप सजिलो हुने विश्वास लिएको तालिममा सहभागी अभिकर्ताहरुले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*