सिटिजन लाइफमा माधव सिंह साउद बने उत्कृष्ट एजेन्सी म्यानेजर, कम्पनीद्धारा पुरस्कारसहित सम्मानित

२८ श्रावण २०८०, आईतवार १३:४६

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स सतुङ्गल शाखामार्फत बीमा व्यवसाय गर्दै आएका माधब सिह साउद आर्थिक वर्ष २०७९।८० का उत्कृष्ट सिनियर एजेन्सी म्यानेजर घोषित भएका छन् । उनले व्यक्तिगत कोडमा सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेर उत्कृष्ट भएका हुन् ।

उनले बीमालाई आफ्नो जीवनको मुख्य कर्मको रुपमा कार्य गर्दै गत आवमा देशैभरिका अन्य बीमा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई उछिन्दै पहिलो हुन सफल भएका हुन् । उत्कृष्ट व्यवसाय गरे बापत कम्पनीले साउदलाई सम्मानसहित पुरस्कार प्रदान गरेको छ ।

छोटो समयमा बीमा व्यवसाय गरी उच्च सफलता हासिल गर्नमा माधव सिंह साउदको भिजन, मिसन, बीमाप्रतिको लगनशीलता अनि विश्वास, ईमान्दारिता तथा मिलनसार सामाजिक छवि, व्यावसायिक जीवनमा आर्थिक पारदर्शिता, धैर्यता, विश्वसनीयताले सफल बनाएको सिटिजन लाइफ सतुङ्गल शाखाका प्रमुख जय सिह भाटले बताए ।

साउदले आफूले प्राप्त गरेको यस सफलताको श्रेय सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सतुङ्गल शाखा प्रमुख भाटप्रति समर्पण गर्दै शाखा प्रमुखको दैनिक रुपमा प्रदान गर्ने, उत्साह, तालिम, साथ, सहयोग र हौसलाले आफूले यो उपलब्धि हाँसिल गर्न सकेको साउदको भनाई छ ।

कम्पनीका सिनीयर एजेन्सी म्यानेजर राजेन्द्र प्रसाद पन्त, धन बहादुर राना एवं सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका व्यवस्थापकीय अधिकृतहरुको हौसला र साथ सहयोगले काम गर्न थप ऊर्जा मिलेको साउदले बताए ।
युवा उद्यमी तथा सफल व्यवसायी साउद सुदुरपश्चिम कन्चनपुरका स्थायी बासिन्दा हुन । विभिन्न सामाजिक कार्यमा संलग्न हुनुका साथै लोक कल्याणकारी कार्यबाट पहिचान बनाएका उनी सकारात्मक सोच, सामूहिक टिम स्पिरिट र उच्च आत्मविश्वासले अवसरहरू सिर्जना गर्ने र काम गर्न सजिलो भएको भन्दै सबै सहयोगी, शुभ चिन्तक तथा बीमित वर्ग एवं सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनप्रति उनले हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

कम्पनीले उत्कृष्ट लिडर्स सम्मानका लागि शनिबार मेरियट होटलमा आयोजना गरेको सिटिजन लिडर्स नाइट २०२३ कार्यक्रममा साउदलाई कम्पनीका ब्रान्ड एम्बेसडर वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट नगद पुरस्कार सहित सम्मान गरेको थियो ।

टीम बिजनेसमा भने बानेश्वर शाखाका भेषराज भट्टराई र समग्र बिजनेसमा टिकापुर शाखा प्रथम भएका छन । भट्टराई कुशल टिम परिचालन गरी यस वर्ष उत्कृष्ट एजेन्सी बनेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*