……. अनि बीमा अभिकर्ता बन्न एसएलसी उत्तीर्ण गरेँ– रोजिना घले, “इच्छा शक्तिलाई शिक्षाले छेकेन”

रिना खत्री
३१ श्रावण २०८०, बुधबार १८:१८

काठमाडौं । बीमा क्षेत्रमा उदयमान व्यक्तित्वको नाम हो रोजिना घले । नुवाकोट जिल्लाको वागेश्वरी मस्याङ भञ्ज्याङ्गमा बाबा बुद्धिबहादुर गुरुङ र आमा मायादेवी गुरुङको कोखबाट २०४९ सालमा चौथो सन्तानको रुपमा सामान्य परिवारमा जन्मिएकी उनले छोटो समयमा गरेको प्रगतीको चर्चा हुने गरेको छ आजकाल सबैतिर ।

पढ्दा पढ्दै कलिलो उमेरमा विवाह बन्धनमा बाँधिएकी रोजिना विद्यार्थी जीवनमा खेलकुद तथा अतिरिक्त कृयाकलापमा समेत निकै अब्बल थिईन । बाल्यकालको विवाहको कारण सरकारी जागीर खाएर देश र जनताको सेवा गर्ने उनको सपना पुरा भएन । विवाह गरेपछि उनको जीवनमा किशोर अवस्थामै धेरै जिम्मेवारी थपियो ।

पार बजार नुवाकोट गरेर पनि पढ्ने रहर हुँदा हुँदै परिवारिक जिम्मेवारी तथा बाल बच्चाको कारण पढाईलाई निरन्तरता दिन सकिनन् । परिवार तथा श्रीमानको साथ सर्पोट र हौसलामा भने कुनै कमि थिएन । उनि भन्छिन, ‘हरेक व्यक्ति सफल हुनको लागी परिवारको सदस्यको ठूलो हात हुने रैछ म त्यही महसूस गरी रहेकी छु ।’

सरल र मिलनसार स्वभावकी रोजिना सानै देखी कसैसँग नझुक्ने हक्की स्वभावकी थिईन् । निडर सत्य कुराको मात्र बोल्ने कसैको कुभलो नचिताउने उनको राम्रो बानी थियो । सामाजिक क्षेत्रमा समेत सक्रिय रोजीना विभिन्न संघ संस्थामा पनि अग्रपंक्तिमा रहेकी छिन् । २०६५ सालमा विवाह गर्दा पाँच कक्षा मात्रै पढेकी रोजिनाले जिनतिन ८ कक्षा उत्तिर्ण गरेकी थिईन् ।

२०७८ सालमा बीमा क्षेत्रमा उत्प्रेरित भई नन्द सगुन गुरुङसँग मिलेर बीमा अभियान सुरु गरेकी रोजिनाले औपचारिक शिक्षा कक्षा ८ मात्र पढेकाले आफ्नो नाममा अभिकर्ता ईजाजतपत्र लिन सकेकी थिइनन् ।

सगुनसँगै विभिन्न कार्यक्रमा सहभागी भई रहदा उनलाई एउटा उर्जा मिल्यो मनमा दृढ संकल्प जाग्यो । बीमा अभिकर्ता बन्न एसईई उत्तिर्ण हुनैपर्ने व्यवस्था रोकेपछि उनले दृढ निश्चय गरिन्, बीमा अभिकर्ताको लाइसेन्स रोक्ने बाधालाई कुनै पनि हालतमा हटाउँछु । ‘अब मैले एसईई पास गरेर अभिकर्ता बन्नुपर्छ ।’ उनमा उत्साहसँगै दृढ संकल्प जाग्यो । अनि २०७९ सालमा रसुवा जिल्लाबाट प्राईभेट एसईई परिक्षा दिएर राम्रो अंक ल्याएर उत्तीर्ण गरिन् ।

एसएलसी उत्तीर्ण गरेपछि उनले आइएमई लाईफ इन्स्योरेन्स कम्पनीमार्फत अभिकर्ता ईजाजतपत्र लिन सफल भएकी थिईन् । त्यो खुसीको क्षण उनी शब्दमा पनि बयान गर्न सक्दिनन् ।कुनैपनि काम मनैदेखी उत्साहित भएर गरियो भने सफलता मिल्न गाह्रो रहेनछ भन्ने उदारण उनीबाट पनि सिक्न सकिन्छ ।

अभिकर्ताको ईजाजत पत्र लिएको एक महिनामै उनले अभिकर्ताबाट एजेन्सी मेनेजरको रूपमा आफूलाई चिनाउन सफल भईन । यो संघर्षशिल रोजिनाको लागि अर्को नयाँ अध्याय थियो । प्रत्येक महिना आफ्नो लक्ष्यका साथ अघि बढ्दै गरेको उनलाई कम्पनीले प्रदान गर्नेअतिरिक्त सुविधा समेतले गर्दा घर परिवार चलाउन र बाल बच्चाको शिक्षा दीक्षा र आफ्नो दैनिक आवश्यकता समेत पुरा गर्न सहयोग पुगेपछि अब झनै उत्साहित भईन् ।

माउन्ट मनास्लु लिडर्स क्लवका सदस्य समेत रहेकी उनले विभिन्न क्षेत्रीय कार्यक्रममा सहभागी तथा सम्मानित हुने अवसर लगायत होटल सोल्टी मा भएको राष्ट्रिय स्तरको सम्मानमा समेत सम्मानित हुने अवसर प्राप्त गरेकी छिन् ।

नाम, दाम र सम्मान एकैसाथ कमाउने व्यवसाय बीमा वाहेक कुनै हुन नसक्ने उनको ठम्याई छ । आफ्नो सफलताको कडी सुनाउँदै उनी अगाडी भन्छिन् ‘इच्छा शक्तिलाई शिक्षा शक्तिले छेकेन र त आज सफल अभिकर्ता बन्न सफल भएकी छु ।’

 

जिवनका कहाली लाग्दो अवस्था दुःख र वेदनालाई सम्झदै उनी भन्छीन हरेक सफल व्यक्तिको दुखद् पाटो संघर्षको पाटो हुँदो रैछ मेरो दुःख र संघर्ष नै सफलताको सानो भाग हो । मेरो लक्ष्य अभिकर्ताहरुको अन्तराष्ट्रीय संस्थाको सदस्य एमडीआरटी भई देश विदेश भ्रमण गरी धेरै भन्दा धेरै परिवारको भविश्य सुनिचत गर्दै यो समाज सेवाको नाममा निरन्तर लागी रहने र सफलताको पहिलो श्रेय आफ्नो श्रीमान र सहयोगी साथी भाईलाई दिन चाहन्छिन ।

बीमा क्षेत्रमा भएको अस्वस्थ प्रतिस्पर्धालाई हटाई यो पेशालाई मर्यादित बनाउन सकियो र समाजमा बीमा सम्बन्धि चेतना फैलाउन सकियो भने प्रत्येक व्यक्तिले स्वईच्छाले बीमा खरिद गर्ने दिन आउछ रोजीना भन्छिन् ।

आम मानिसहरुले बीमालाई उज्यालो पक्षले भन्दा पनि अध्यारो पक्षले बुझ्ने गरेको उनी बताउँछिन् । मानवीय जीवनमा जोखिमहरु धेरै छन्, तर आम मानिसहरुलाई आफ्नो जीवनको मुल्य भन्दा पनि सम्पत्तिको मुल्यलाई बढी प्राथमिकता दिने गर्छन् । तीनै मानिसहरु जो बीमा के हो र यो केका लागि भन्ने कुरामा नै जानकार छैनन्, ती मानिसहरुलाई बीमाको आवश्यकता बुझाउनको लागि म यो पेशामा प्रवेश गरेकी हुँ, उनले बताईन् ।

‘बीमा अभिकर्ता पेशा एक सामाजिक पेशा हो, म यो पेशामा लाग्नु पूर्व म विभिन्न संस्थाहरुमा पनि आवद्ध थिएँ, रोजिनाले बीमा अभिकर्ता पेशालाई यसरी परिभाषित गरिन् । उनले बीमा अभिकर्ताको लाइसेन्स प्राप्त गरेपछि पहिलो बीमा आफ्नै साथिको गराएकी थिईन् । पहिलो बीमा गराउदाँ खासै गाहे नभएको उनले बताईन् ।कसैको हातबाट पैसा लिनु भनेको सानो कुरा हैन्, यो पेशामा धेरै चुनौति रहेका छन्, उनले भनिन् ।

आज पनि समाजमा बीमालाई हेर्ने दृष्टिकोण नै फरक रहेको छ । ‘आम मानिसहरुलाई थाहा छ कि आफ्नो जीवनमा जोखिम छ तर पनि उनीहरुले हामी अभिकर्ताहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको पाईन्छ, उनले भनिन् ।

बीमा गर्ने प्रस्ताव लिएर जादाँ ग्राहकहरु बीमा बुझ्नै चाहँदैनन्, उनीहरुले बीमालाई हेर्ने दृष्टिकोण नै फरक छ । ‘बीमालाई अध्यारो पक्षले बुझ्ने गर्छन्, उज्यालो पक्षले होईन ।’ बीमितहरुले गर्ने व्यबहारले त दुःख लाग्छ नै तर पनि आफ्नो काम नै त्यहि हो, उनीहरुलाई बीमा बुझाउनु नै पर्छ उनले भनिन् ।

घरमा परिवारमा एकजनाले बीमा गराएको छ भने सबैको त्यसैमा बीमा भएको छ भनेर बुझ्ने र सोच्ने प्रवित्ति अझै पनि रहेको बताउँदै एजेन्सी म्यानेजर रोजिनालेले जीवन बीमाको बारेमा व्यापक जनचेतनाको जरुरी भएको बताए । बीमा बारे बुझाउन धेरै नै ग्राहो छ ।

त्यसैले सहनशिलता, धैर्यता, मिलनसार, सबैमा घुलमिल हुने जस्ता गुणहरु एउटा बीमा अभिकर्तामा हुनुपर्दछ । बीमा अभिकर्ता एउटा यस्तो सामाजिक काम हो, जसले प्रत्येक मानिसहरु माथि आई पर्ने जोखिमलाई बीमाद्धारा कम गर्ने गर्दछ । रोजिनाले बताईन् ।

‘मान्छेको जीवनको त बीमा हुँदैन्, उसको आम्दानीको बीमा हुने हो, त्यसैले बीमा बचत होईन् यो जोखिमको रक्षावरण गर्ने एक पाटो मात्र हो ।’ रोजिना भन्छिन् ‘बीमाको फाइदा भनेको नै जोखिमको रक्षावरण हो ।’

तपाईले यदि बीमा गर्नु भयो भने, तपाईको आम्दानीको रकम बचत हुन्छ, आवश्यक परेको बेलामा कर्जा निकाल्न सकिन्छ, साथै जोखिम पनि कभर गर्छ, यीनै कुराहरुलाई समेटेर म बीमितलाई बीमा बुझाउने गर्छु, उनले बताईन् । ‘कुनै पनि बीमितले बीमाको अरु फाइदालाई हेर्नु भन्दा पनि जोखिमको पाटोलाई हेर्नु पर्ने हुन्छ ।’

 

One thought on “……. अनि बीमा अभिकर्ता बन्न एसएलसी उत्तीर्ण गरेँ– रोजिना घले, “इच्छा शक्तिलाई शिक्षाले छेकेन”

  1. सीता राम पाैडेल says:

    प्रेरणाशिल सफलताकाे कथा ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*