एलआईसी नेपाललाई एकाघरका परिवारलाई दोहोरो कमिशन आउने गरी अभिकर्ता च्यानल नबनाउन बीमा प्राधिकरणको निर्देशन

४ भाद्र २०८०, सोमबार १३:४८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एलआईसी नेपाललाई एकाघरका परिवारमा एजेन्टमा कमिशन आउने गरी च्यानल बनाउन नपाउने व्यवस्था लागू गरेको छ । एलआईसी नेपालको सम्बन्धमा प्राधिकरणले लिखित निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अन्य कम्पनीहरुको बारेमा केही बालेको छैन ।

यदि बनाएको भए त्यस्तो च्यानल खारेज गर्न प्राधिकरणले निर्देशन दिएको छ । यस्तो व्यवस्था सबै बीमा कम्पनीहरुमा लागू भइरहेको छ भने एलआईसी नेपालले यस्तो व्यवस्था लागू गरेको छैन । तर, बीमा प्राधिकरणमा परेको उजुरीपछि यस्तो निर्देशन दिएको जनाएको छ । निर्देशनपछि कुनै एकाध घटना भए पनि अब खारेजी हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*