सूर्यज्योति लाइफबाट गौरब शाहीको नेतृत्वमा तीन जना सिंगापुरमा हुने एमडिआरटीमा सहभागी हुँदै

८ भाद्र २०८०, शुक्रबार १५:२७

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट यही आइतबारदेखि सिंगापुरमा सुरु हुने बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी कन्फ्रेन्समा भाग लिन सिओटी बिजेता गौरव कुमार शाहीको नेतृत्वमा तीन जनाको टोलीको आज औपचारिक विदाई गरिएको छ ।

कम्पनीका अनुसार कोहलपुरका गौरव शाहीको नेतृत्वमा एमडिआरटी लक्ष्य पूरा गर्न सफल सिर्जना पन्त र अमिता कुमारी चौधरीको टोलीको आज कम्पनीमा औपचारिक विदाई गरिएको छ ।

एमडिआरटीका अनुसार यस वर्ष विश्वभरिका बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय सम्मेलन सिंगापुरमा यही अगष्ट २७ देखि ३० सम्म आयोजना गरिएको छ । सो सम्मेलनमा गत वर्ष अर्थात सन् २०२२ भित्रमा बीमा व्यवसायमा लक्ष्य पूरा गरेको हुनुपर्दछ ।
कम्पनीमा लक्ष्य पूरा गर्ने धेरै नै भएपछि कतिपय सहभागी हुँदैनन् भने यस वर्ष सूर्यज्योति लाइफबाट ३ जना उक्त सम्मेलनमा भाग लिनेछन् । बीमा अभिकर्तालाई अनुभव आदान प्रदान, परिवर्तित अवस्थामा बीमाको बजारिकरण र उत्प्रेरणा र पुनर्ताजगी तालिमका लागि एमडिआरटी बीमा अभिकर्ताहरुको लागि धेरै नै महत्वपूर्ण प्लेटफर्म हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध, व्यक्ति विकास, क्षमता अभिबृद्धि हुने भएकोले एमडिआरटीमा सहभागिता बीमा क्षेत्रमा निकै महत्वपूर्ण मानिन्छ ।

जुम्लाको सिंजामा जन्मिएका मिजासिला, गौरव कुमार शाही हाल कोहलपुरबाट बीमा व्यवसाय गर्दै आएका छन् । २०७४ सालदेखि बीमा क्षेत्रमा प्रवेश गरेका शाही एक सफल बीमा एजेन्सी हुन् । अथक मेहनत र कडा परिश्रम गर्ने स्वभावका शाही सूर्यज्योति लाइफका दुई पटक प्रोडक्ट एम्बासडर बन्न सफल भइसकेका व्यक्ति हुन् । त्यस्तै, अन्य दुई एमडिआरटी लक्ष्य पुरा गरेका सिर्जना पन्त र अमिता कुमारी चौधरी पनि सफल जीवन बीमा एजेन्सीहरु हुन् ।

*यसअघि सूर्यज्योति लाइफबाट एमडिआरटी सम्मेलनमा भाग लिने सम्बन्धी समाचारमा अन्यथा पर्न गएमा सच्याइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*