पेशागत बीमा अभिकर्ता संघ अन्तर्गत नेपाल लाइफको चनौली उपशाखामा १३ सदस्यीय समिति गठन

१३ भाद्र २०८०, बुधबार १७:२३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चनौली उपशाखाको पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति गठन भएको छ ।

आज कम्पनीको चनौली उपशाखामा १३ सदस्यीय पेशागत बीमा अभिकर्ता संघ नेपालको चनौली उपशाखा समिति गठन भएको छ । उक्त पेशागत बीमा अभिकर्ता संघमा पुरुष भन्दा बढी महिलाको सहभागिता रहेको उपशाखाले जनाएको छ ।

कम्पनीको चनौली उपशाखाले सम्पूर्ण कार्य समितिका पदाधिकारीहरुलाई सफलताको शुभकामना व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*