नेशनल लाइफको तुलसीपुर शाखामा अभिकर्ता सम्मानित कार्यक्रम सम्पन्न

२४ भाद्र २०८०, आईतवार १३:१८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताहरुको मनोबल, क्षमता तथा हौसला बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसैक्रममा कम्पनीको दाङ, तुलसीपुर शाखाले भदौ २३ (शनीबार) सफल अभिकर्ता (लिडर)हरुलाइ एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको छ । कम्पनीले सो अवसरमा आर्थिक बर्ष ७९।८० का उत्कृष्ट पाँच समुह र उत्कृष्ठ पाँच आफै तथा बिभिन्न समयमा मासिक रुपमा दिईएको लक्ष्य हासील गर्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

कम्पनीका अनुसार घलेगाऊँ, कोशिटप्पु, नारायणी क्रुज,रानीमहल,बल्थली भिलेज रिसोर्ट लगायत नेशनल रत्न, चियरपर्सन क्लब जस्ता लक्ष्य हाँसिल गर्न सफलता प्राप्त गरेका अब्बल अभिकर्ताहरुलाई तुलसिपुर शाखाले सम्मान गरेको छ ।

No description available.

कम्पनीका तुलसीपुर शाखा प्रमुख कमला कुमारी खड्का चन्दले टीका र कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलले प्रमाणपत्र तथा (मायाको चिनो) प्रदान गरी सहभागी अभिकर्ताहरुलाई उत्साह प्रदान गरेको तुलसीपुर शाखाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*