नेपाल लाइफको पर्सा शाखामा अभिकर्ता पुनर्ताजकी तथा तीज विशेष कार्यक्रम सम्म्पन

२४ भाद्र २०८०, आईतवार १४:४४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजकी तथा तीज विशेष कार्यक्रम सम्म्पन गरको छ । कम्पनीको पर्शा शाखाको आयोजनामा भदौ २३ (शनीबार) डिज्नी पार्क रिसोर्ट पर्सामा सम्पन्न भएको हो ।

कम्पनीका पर्सा शाखा प्रमुख तथा कार्यक्रमका सभापति दिपक घिमिरेले पुराना अभिकर्ता तथा कर्मचारीबीच समधुर सम्बन्ध स्थापना गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको जानकारी दिएका छन् । साथै उनले नेपाली महिला दिदी बहिनीहरुको महान चाडपर्व हरितालिका तीजको अवसरका सम्पुर्ण महिला दिदी बहिनी तथा कम्पनीका महिला अभिकर्ता र कर्मचारीहरुलाई तीजको शुभकामना समेत व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अथिति कम्पनीका नारायणघाट शाखा प्रमुख रमेश कुमार पौडेल रहेका थिए । साथै, कार्यक्रमका सभापति पर्सा शाखा प्रमुख दिपक घिमिरे र कार्यक्रममा राष्ट्रिय ट्रेड युनियन, अभिकर्ता संघकी सह कोषाध्यक्ष दुर्गा कुनई भट्टराई, अभिकर्ता संघका अध्यक्ष कमल प्रसाद सुवेदी सहित ८३ जनाको उपस्थिती रहेको पर्सा शाखाले जनाएको छ । सो कार्यक्रमलाई पर्सा शाखाका क्षमतावान कर्मचारी बिनय आचार्यले उद्घोष गरेका थिए ।

नेपाल लाइफ इन्स्योरेन्सले देशका विभिन्न शाखा कार्यालयमा महिला दिदी बहिनीहरुको महान चाँड हरितालिका तीजको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरीरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*