एशियन लाइफको लुम्बिनी प्रदेशस्तरीय बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न (तस्वीर)

२४ भाद्र २०८०, आईतवार १६:२४

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लुम्बिनी प्रदेश स्तरीय बिजनेश एक्सिलेन्स अवार्ड २०८० भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको अध्यक्षतामा भदौ २३ गते रुपन्देही जिल्लाको भैरहवामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले अभिकर्ताहरुलाई नियमनकारी निकाय बीमा प्राधिकरणले तोकेको सीमा भित्र रहेर उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताएका छन् । साथै, उनले कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनसदर प्रदान गर्ने र कम्पनी व्यवस्थापकले सधै बीमित र कर्मचारीको हकमा काम गर्दै आइरहेको बताए ।

May be an image of 7 people, dais and text

कार्यत्रकममा कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले सहभागी रहेका बीमा अभिकर्ता र कर्मचारीहरुर्ला सम्मान पत्र तथा मायाको चिनो प्रदान गरी हौसला प्रदान गरेका छन् । कार्यक्रमले बीमा अभिकर्ता तथा कम्पनीका कर्मचारीहरुको कार्यक्षमता बृद्धि हुनुका साथै कर्मचारीहरुको हौसला बृद्धि हुने कम्पनीले विश्वास लिएको छ ।

एशियन लाइफ बिजनेश एक्सिलेन्स अवार्ड २०८० कार्यक्रमका प्रमुख अतिथि कम्पनी सञ्चालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, अध्यक्ष प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, पेशागत बीमा अभिकर्ताका अध्यक्ष दामोदर भण्डारी, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, लुम्बिनी प्रदेश प्रमुख केशव राज गिरी लगायत दुई सय जनाको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।

May be an image of 15 people and text

 

May be an image of 8 people, dais and text

May be an image of 10 people, dais and text

May be an image of 11 people, dais and text

May be an image of 7 people, dais and text

May be an image of 9 people, dais and text

May be an image of dais and temple

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*