पोखरामा सानिमा रिलायन्स लाइफको तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

२४ भाद्र २०८०, आईतवार १७:११

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना बीमा अभिकर्ता र कर्मचारीको कार्यक्षमता तथा मनोबल बृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यसैक्रममा कम्पनीको पोखरा ब्रान्च १ ले अभिकर्ता उत्प्रेरणा तथा तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न्न गरेको छ । कम्पनीले भदौ २३ गते शनीबार पोखराको ट्रेड महलस्थित क्लासिक चुलो रेष्टुरेन्टमा नाचगान सहित सो सम्पन्न गरेको हो ।

तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा १ ब्रान्च प्रमुख कमला शर्माले साउन महिनामा आफ्नो लक्ष्य प्राप्त गर्न सफल भएका बीमा अभिकर्तालाई शुभकामना तथा भदौ महिनाको लक्ष्य प्राप्तीको लागि अभिकर्तालाई हौसला प्रदान गरेकी छन् । यसका साथै, उनले कम्पनीका सम्पुर्ण महिला तथा नेपाली दिदी बहिनीको महान चाड हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेकी छन् ।

कार्यक्रमको प्रमुख अतिथिमा रिजनल म्यानेजर बिनोद त्रिपाठी रहेका थिए । साथै, कार्यक्रममा प्रमुख चिफ ऐजेन्सी म्यानेजर श्याम गुरुङ, चिफ ऐजेन्सी म्यानेजर टिका गिरी, एमडीआरटी हिमाल देवी गुरुङ्ग, पोखरा १ शाखा कार्यालय प्रमुख कमला शर्मा लगायत ५० जना बढीको सहभागिता रहेको शाखा प्रमुख कमला शर्माले जानकारी दिएकी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*