सानिमा रिलायन्स लाइफको तीज क्वीन प्रतियोगिता सम्पन्न

२६ भाद्र २०८०, मंगलवार १४:४०

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कमपनी लिमिटेडले धरान र पानवारी शाखाले संयुक्त रुपमा महिलाहरुलाई लक्षित गर्दै शुक्रबार धरानमा तीज बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।

धरान शाखा प्रमुख कृष्ण कुमार चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन क्षेत्र प्रमुख थिरलोचन श्रेष्ठले गरेका थिए । उनले हिन्दु महिलाहरुको महान चाड तीजमा कम्पनीमा आबद् महिलाहरुलाई पनि मनोरंजन गराउने उदेश्यले कार्यक्रम गरिएको साथै उक्त कम्पनीले भर्खरै सुरुवात गरेको बार्षिक अभिकर्ता सेवा सुबिधा बिषयमा पनि प्रकाश पारेका थिए । जिबन बीमा व्यबसायले महिलाहरुलाई आफनो खुट्टामा उभिन उत्प्रेरणा दिने बताउदै अझ शसक्त रुपमा लागि पर्नुहुन उत्प्रेरित गरेका थिए ।

 

उक्त कार्यक्रमा शुक्रबार न. बीमा जारी गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको तीज क्वीनको ताज अभिकर्ता रजनी श्रेष्ठले जितेकी छन् भने फस्ट रनर–अपमा उमा श्रेष्ठ र सेकेन्ड रनर–अपमा बिजेता श्रेष्ठ विजयी भएकी कम्पनीले जानकारी दिएको छ ।

त्यसै गरि मोस्ट ब्युटीफुलमा आरती राई, मोस्ट ट्यालेन्टमा सगुन्ताला तामाङ्ग, बेस्ट ड्रेसपमा रजनी श्रेष्ठ, मोस्ट हेल्पफुलमा बबिता कार्की र हाइएस्ट पोलेशी मेकरमा बुलु राई ले सफलता पाएकी थिईन् । कार्यक्रममा पनबारी शाखाका शाखा प्रमुख रुबिना श्रेष्ठ, लगायत ६० भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निर्णयको भूमिका मा प्रमुख अथिति थिरलोचन श्रेष्ठ, गरिमा डान्स सेन्टरकी संचालक तथा अभिकर्ता सुमित्र राई (सन्जु) र मोटीभेस्नल स्पिकर तथा अभिकर्ता दिपेन्द्र निरौला रहेका थिए ।

फोटो सौजन्यः लेन्स फोटो स्टुडियो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*