सिंगापुरबाट उत्साह बोकेर फर्किए जीवन बीमा कम्पनीका एजेन्सी म्यानेन्जर

२७ भाद्र २०८०, बुधबार १४:१८

काठमाडौं । सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा जीवन बीमा कम्पनीका एजेन्सी म्यानेजरहरुले २०२३ मा भाग लिएर फर्किएका छन् ।सिंगापुरमा यस बर्षको एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३ सम्पन्न भएको छ । उक्त सम्मेलनमा नेपालको तर्फबाट दुई दर्जन एजेन्सी म्यानेन्जर भाग लिएका छन् ।

बीमा अभिकर्ताहरुका लागि सबैभन्दा आकर्षक र प्रेस्टिजियस सम्मेलनको रुपमा चिनिने यस सम्मेलनमा भाग लिनका लागि अभिकर्ताहरुले दिनरात मिहिनेत गर्ने गदर्छन् ।सन् २०२२ मा नेपाली बीमा कम्पनीहरुमा एक हजार हाराहारी एमडिआरटीका लागि योग्य भएका थिए ।

अष्ट्रेलियामा अगस्ट ३० तारिखसम्म सञ्चालन भएको सम्मेलनमा नेपालीहरुले नेपालकै पहिचान झल्कने राष्ट्रिय झण्डा र कल संस्कृति प्रस्तुत गरेका थिए ।यस बर्ष सबैभन्दा धेरै सानिमा रिलायन्स लाइफबाट भने ६ जना अभिकर्ता नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट, सिटिजन लाइफबाट सन्तोष खरेल, हिमालयन लाइफबाट रामकुमार अधिकारी र काशिराम ढकाल, सूर्यज्योति लाइफका अभिकर्ता गौरव शाह ठकुरी सहित तीनजना सिंगापुरको एमडिआरटीकन्फ्रेन्समा  सहभागी भएका थिए ।

सूर्यज्योति लाइफका अभिकर्ता गौरव शाहीले सम्मेलबाट अभिकर्ताका अनुसार अभिकर्ताले आ–आफ्नो अनुभव आदानप्रदान गरेका थिए ।

बीमा व्यवसायलाई कसरी अगाडी बढाउने, मार्केटलाई कसरी फेस गर्ने जस्ता उपायहरुलाई पनि प्रस्तुतकर्ताहरुले सुझाएका थिए ।सहभागी अभिकर्ताहरुले अन्तर्राष्ट्रियस्तरमा स्तरमा नेपालको झण्डा फरफराउन पाँउदा गौरवान्वित महसुस भएको बताएका छन् । अघिल्लो बर्ष पनि एमडीआरटी कन्फ्रेन्समा सहभागी भइसकेकी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी अभिकर्ता नमिता न्यौपानेले एमडीआरटी कन्फ्रेन्सको यो प्लाटफर्मले आफूमा क्षमता वृद्धि देखि गौरव महसुस भएको कुरा उनले व्यक्त गरेकी छिन् ।

सम्मेलनमा विभिन्न देशका अभिकर्ताको सहभागिता थियो, त्यसमा हामीले देशको नेतृत्व गर्दै कम्पनीको नाम चिनाउन पाउँदा धेरै गौरवान्वित भएका उनले बताईन् ।अझ एमडिआरटी सम्मेलनमै उपस्थित भएर अनुभव संगाल्नेहरुको संख्या बढिरहेको छ । यस वर्ष नेपालबाट यस सम्मेलनमा सहभागि हुने अवसर उनले सुनाईन् । उनले सम्मेलनमा भाग लिएर आफैले धेरै कुराहरु सिक्ने अवसर प्राप्त गरेको बताइन् ।

अभिकर्ता नमिता न्यौपानेका अनुसार विभिन्न देशका अभिकर्ताले आ–आफ्नो अनुभव आदानप्रदान गरेका थिए । जसबाट सफल अभिकर्ता बन्नका लागि थुप्रै आइडियाहरु पाएको उनी बताउँछिन् ।

 

बीमा व्यवसायलाई कसरी अगाडी बढाउने, मार्केटलाई कसरी फेस गर्ने जस्ता उपायहरुलाई पनि प्रस्तुतकर्ताहरुले सुझाएका थिए । सहभागीहरुले जीवन बीमा व्यवसायका कठिनाइलाई एक आपसमा आदान प्रदान गर्नुका साथै व्यवसायका दौरानमा आइपर्ने कठिनाइलाई कसरी सामना गर्नेसम्मका ज्ञानगुनका कुराहरु सिकाइएको थियो ।

यस्तो सम्मेलनमा भाग लिदा व्यक्तित्व विकासमा पनि धेरै मद्दत पुग्ने सहभागीहरुले बताए । यस्तो सम्मेलनमा पुगेर भाग लिदा आफ्नो जिवनकै सबैभन्दा उपलब्धीपुर्ण क्षणको रुपमा अनुभुति भएको सहभागी एजेन्सी म्यानेनजरहरुको रहेको छ ।

 

के हो एमडीआरटी ?
एमडीआरटी संस्थालाई विश्वभरका व्यवसायीक अभिकर्ताहरुको प्रतिनिधिमूलक संस्थाको रुपमा लिइन्छ । यस संस्थामा हालसम्म ७२ देशका ५०० कम्पनी आबद्ध भएका छन् ।

दिएको लक्ष्य पूरा गर्ने र सदस्यता शुल्क तिरेका विश्वभरका अभिकर्ताहरुले सो सम्मेलनमा सहभागीता समेत जनाउन पाउने व्यवस्था छ ।

के हुन्छ फाइदा ?
यस संस्थाको लक्ष्य हासिल गर्नुलाई हरेक अभिकर्ताको प्रतिष्ठाको विषयको रुपमा लिइन्छ । अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि यस संस्थाको सम्मेलन महत्वपूर्ण मानिन्छ । बजारमा यस संस्थाको टार्गेट पूरा गरेका अभिकर्तालाई हेर्ने नजर राम्रो हुने र स्वयं अभिकर्तालाई पनि आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पुग्ने भएकाले यसप्रति अभिकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ ।

नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले यस संस्थाको सदस्यता लिएका छन् । यस संस्थामा आबद्ध भएको नेपालको पहिलो जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) हो । एलआइसी नेपालले सबैभन्दा पहिले यस संस्थाको सदस्यता लिएको थियो ।

पछिल्लो समय भने अन्य नयाँ तथा पुराना जीवन बीमा कम्पनीहरुले समेत यस संस्थाको सदस्यता लिएका छन् । एमडीआरटीको सम्मेलन हरेक वर्ष फरक फरक देशमा हुने गर्र्दछ । नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडीआरटीलाई उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्मको रुपमा समेत लिने गरिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*