राष्ट्रिय बीमा संस्थानको जीवन बीमा आधारभूत तालीम तथा परिक्षा सम्पन्न

२८ भाद्र २०८०, बिहीबार ११:४५

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले जीवन बीमा आधारभुत तालिम तथा परिक्षा सम्पन्न गरेको छ । संस्थानले अनामनगरको युनियन हाउसमा ३ दिने जीवन बीमा अभिकर्ताको आधारभूत तालिम तथा नेपाल बीमा प्रधिकरणको मापदण्ड अनुसार परिक्षा सम्पन्न गरेको हो ।

भदौ २५ गतेदेखि भदौ २७ गते सम्म संचालित उक्त कार्यक्रममा उल्लेखनीय रुपमा भावी अभिकर्ताको सहभागिता रहेको संस्थानले जनाएको छ । बजार व्यस्थापक विभागका प्रमुख दिपा अधिकारीको संयोजकत्वमा संचालित कार्यक्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

May be an image of 7 people, people studying, table and dais

सहायक व्यवस्थापक सुजित प्रसाद शाहले दिएको जानकारी अनुसार अभिकर्ताहरु संस्थानसंग आबद्व हुन् पाउदा खुशी व्यक्त गर्दै उत्साहित भएका थिए । नयाँ इजाजत पत्रको लागि परिक्षाको व्यवस्था भएदेखि अभिकर्ताहरुको मुख्य रोजाई सरकारी कम्पनि हुन् थालेको छ ।

May be an image of 5 people, table and dais

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*