नेपाल लाइफले ल्यायो चाडपर्व बिशेष अभिकर्ताको टार्गेट योजना

२ आश्विन २०८०, मंगलवार १६:४८

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चाडपर्व बिशेष टार्गेट योजना ल्याएको छ । कम्पनीले तोकेको टार्गेट पुरा गरेको खण्डमा विभिन्न उपहारहरुको व्यवस्था गरिएको छ ।

कम्पनीले असोज १ गतेदेखि ३० गतेसम्म कम्पनीले तोकेको टार्गेट पुराउने अभिकर्ताहरुले उपहारको साथ साथै अन्तराष्ट्रिय तालिमकर्ताबाट तालिम समेत पाउने भएका छन् ।

अभिकर्ताले असोज महिनाभरि १० हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेमा कम्पनीको लोगो भएको झोला ५० हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरे झोला र डायरी पाउने र १ लाख रुपैयाँ प्रिमियम कलेक्सन गर्नेले नेपाल लाइफको ब्याग, डायरी र उत्प्रेरणामूलक तालिम पाउने, १ लाख ५० हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्नेले झोला , डायरी र ट्रेनिङ प्लस ५०० रुपैयाँ र २ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्नेले यी सबै सुविधासहित थप १ हजार रुपैयाँ कमिसन र २ लाख ५० हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्नेले सबै सुविधासहित थप १ हजार ५०० रुपैयाँ पाउने र साढे २ लाख रुपैयाँ माथि प्रत्येक थप ५० हजार रुपैयाँ बीमाशुल्कमा ५०० रुपैयाँ इन्सेन्टिभ थप हुने कम्पनीले उक्त व्यवस्था राखेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*