नेशनल लाइफ इन्स्योरेन्सको चेयरपर्सन क्लव सम्मेलन सुरु, देशैभरिका उत्कृष्ट एजेन्सीहरु ह्यात रिजेन्सीमा

७ आश्विन २०८०, आईतवार ०८:२९

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको यस वर्षको चेयरपर्सन क्लव राजधानीको काठमाडौंस्थित होटल हायातमा सुरु भएको छ । अध्यक्ष प्रेरणा राज्य लक्ष्मी सिंह, सिईओ सुरेश प्रसाद खत्रीलगायतका सञ्चालक र उच्च व्यवस्थापकहरुका बीचमा देशैभरिबाट छानिएका नेशनल लाइफका उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरु सम्मिलत कार्यक्रम हिजोबाट सुरु भएको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको गौरवशाली सम्मेलनको रुपमा हेरिँदै आएको चेयरपर्सन क्लवको मिटिङ यही असोज ६ गते सुरु भई तीन दिनसम्म सञ्चालन हुनेछ । उक्त कार्यक्रममा भाग लिन देशैभरिबाट छानिएका करिब ३५० जना उत्कृष्ट एजेन्सी म्यानेजर तथा बीमा अभिकर्ताहरु र उच्च व्यवस्थापकहरु सहभागी छन् ।

 

शनिबार तालिम तथा प्रशिक्षण प्रदान गरिएको थियो । शनिबार हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले मोटिभेशनल तालिम दिएका थिए भने र बीमा प्राधिकरणका हृदयश्वर पण्डितले सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम दिएका थिए ।

चेयर पर्सन क्लवको मुख्य समारोह आज हुँदैछ । उत्कृष्ट एजेन्सी र अभिकर्ताहरुलाई सम्मान तथा अवार्ड वितरण कार्यक्रम रहेको छ । त्यस्तै भोलि विहान औपचारिक रुपमा समापन हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*