टाटा नेक्सनको इभी गाडीमा ब्याट्री समस्या, प्रयोगकर्ताहरुको गुनासो बढ्दै

काठमाडौं । नाडा अटो शो सुरु हुनुअघि एक जना अर्थ राजनीतिक पत्रकारले टाटाको नेक्सन किने, चढ्न सुरु गरेको दुई दिनपछि स्टाटस हाले, ‘टाटा नेक्सन इभी किनियो तर सोचेजस्तो नभए पनि अहिलेलाई सम्झौता गरियो ।’ टाटा नेक्सन किन्ने ति पात्र अझै अन्य धेरै व्यक्तिहरु टाटा नेक्सन इभीको ब्याट्रीप्रति शसंकित बन्न पुगेको देखिएको छ ।
भारतीय कम्पनी टाटा मोटर्सले उत्पादन गरेको टाटा नेक्सन इभी गाडीमा ब्याट्री समस्या देखिन थालेको छ । महंगो इन्धनको मारबाट बच्न इभी गाडीका लागि टाटा नेक्सन खरिद गरेकाहरु अहिले समस्यामा पर्न थालेका हुन् । टाटा नेक्सन इभी बिक्री गर्दा कम्पनीका प्रतिनिधिहरुले एक पटक फूल चार्ज गरेपछि ३१२ किमीसम्म माइलेज दिने बताएका थिए ।
तर, अहिले प्रयोग गर्दा दुई सय किमी समेत नगुडेपछि टाटा नेक्सन इभी किनेका प्रयोगकर्ताहरु समस्यामा पर्न थालेका छन् । टाटा नेक्सन इभी किनेका एक प्रयोगकर्ताले ब्याट्रीको अवस्था हेर्दा बैकल्पिक मार्ग भएर काठमाडौंबाट हेटौडा पुग्न सक्नेमा आशंका व्यक्त गरेर जान नपाएको गुनासो गरेका छन् ।
अर्का एक प्रयोगकर्ताले टाटा नेक्सन इभीलाई प्राइमरी भेहिकलको रुपमा नभई बैकल्पिक भेहिकलको रुपमा मात्रै प्रयोग गर्न मिल्ने प्रतिक्रिया दिए । सुमन भण्डारीले पोखरा बाग्लुङ काठमाडौंको यात्रा गर्दा टाटा नेक्सन इभीले एक पटकको फूल चार्जमा १०० किमी मात्रै माइलेज दिएको उल्लेख गरेका छन् ।
बीमापोष्टले फेला पारेको कमेन्टमा सजना श्रेष्ठले काठमाडौंबाट सुकुटे जाँदा ७८ प्रतिशत ब्याट्री खपतमा कूल १५३ किमी गुडेको उल्लेख छ । कम्पनीले खरिदकर्ताहरुलाई बिक्री गर्दा एक पटक फूल चार्ज गरेपछि ३१२ किमी रेन्ज मध्ये ३०० किमी ढुक्कले पूरा हुन्छ भन्दै बिक्री गरेको भएपनि अहिले चढ्दा २०० किमी समेत नगुड्ने गरेको अधिकांश प्रयोगकर्ताहरुको गुनासो छ ।
सो सम्बन्धमा टाटा कम्पनीको नेपालस्थित बिक्री सिप्रदी ट्रेडिङ सम्पर्क गर्दा आपूmलाई प्रिती ठाकुर नाम बताउने कर्मचारीले नेपाली चालकहरुले टाटा नेक्सन इभी गाडी चलाउन नजानेकोले यस्तो समस्या आएको जवाफ दिईन् । उनले भने, ‘भारतमा परिक्षण गरेर ल्याइएको कार हो, हाम्रो रेन्ज ३१२ नै हो । कसैले चलाउने ह्याबिट राम्रो नभएर, पेट्रोल गाडी जसरी चलाएर त्यस्तो भएको होला ।’
प्रयोगकर्ताहरुले सिप्रदीले गाडी बेच्नु अघि चिप्ला र मिठा कुरा गर्ने अनि बिक्री गरिसकेपछि गैर जिम्मेवार जवाफ दिएर पन्छिने गरेको गुनासो गरेका छन् । कतिपयले कर्मचारीले गाडी नै चलाउन नआएको भन्दै तालिम लिन समेत सुझाव दिने गरेको गुनासो गरेका छन् ।












बास्तवमा 200km भन्दा बढी दिने रहेनछ, ब्याट्रीको चाहि भनेअनुसारको काम लागिरहेको छैन।
i am not happy with its agreed range, it can run only in our road max 175 which is very bad.
East west highway 1:2.8
Kathmandu valley 1:2.5
Naubise to Naagdhunga 1:1
मैले ईभि लिएकाे 2079 फागुन 27 गते 6790 किमि पुग्दा यथार्थमा एक फुल चार्जमा 200 किमि भन्दा बढि दिएकाे छैन । काठमाण्डाै हेड अफिस बाट 2 पटक फाेन आएकाे थियाे । मैले दुबै पटक याे गाडि कसरी चलाउने एउटा भिडियाे बनाएर जानकारि दिनुहाेस भने तर त्यसकाे कुनै रेसपाेन्स आएन । कम्पनिकाे रेसपाेन्स ठिक देखिएन ।
भारतीय सडकमा ३१२ माईलेज गुड्यो होला नेपाल को सडकमा त भो त्यती गुड्न लाई । कम्पनीले नेपाली उपभोक्ता लाई झुक्याउने तरिका मात्र हो । वुझ्यौं सवैले ।