स्टार माइक्रोको शेयर लिँदा गृहमन्त्री गुरुङले खुवाए प्रतिकित्ता ५० रुपैयाँ घुस !

काठमाडौं । लघु बीमा कम्पनीहरुको शेयर तत्कालिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले घुस सेटिङमा प्रतिशेयर दुई सय रुपैयाँसम्म घुस सेटिङ गरेर बिक्री गरेको सम्बन्धमा बीमापोष्टमा पटक पटक समाचार प्रकाशित भएको थियो । तीन बर्ष पुरानो उक्त समाचार अहिले आएर पुष्टी हुन आएको छ ।
स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा शेयर लगानी गर्नु सुधन गुरुङको व्यक्तिगत अधिकार हो र उनले गरेको लगानी कानुनसम्मत गरेको देखिएकोले अन्यथा मान्ने अवस्था छैन । तर सुधन गुरुङले हिजो सार्वजनिक गरेको स्पष्टिकरण पत्रले गृहमन्त्री गुरुङले घुस खुवाएर स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर किनेको तथ्य भने लुकाउन सकेनन् ।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको ऋण लिएको कपाली तमसुक सम्बन्धी विवरणमा स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्स कम्पनीमा कूल २५ हजार कित्ता शेयर लिनको लागि ३७ लाख ५० हजार रुपैयाँ ऋण लिएको उल्लेख छ । १०० रुपैयाँ मूल्य अंकित २५ हजार कित्ता शेयरका लागि कूल लागत पनि २५ लाख नै हुनुपर्ने थियो । तर, उक्त दुई कम्पनीमा शेयर लिने कित्ता संख्या समेत उल्लेख गरेर लिइएको ऋणमा १२ लाख ५० हजार रुपैयाँ बढी ऋण लिएको देखिएको छ ।

२०८० साल साउन २१ गते स्थानीय वडा कार्यालयमा प्रमाणिकरण गरेरै लिएको ऋणमा गुरुङले सम्पत्तिको स्रोतको रुपमा ऋण नै देखाइएको छ । ऋण लिएको हदसम्म र सम्पत्तिको स्रोतको हदसम्म उक्त तथ्य वास्तविक नै देखिएको । र अन्यथा मान्न मिल्ने अवस्था छैन । तर, लिन खोजेको शेयरको कित्ता संख्या र कूल ऋण लिएको रकमको हिसाब गर्दा प्रतिकित्ता ५० रुपैयाँ बढी रकम ऋण लिएको देखिएको छ । सो रकम बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सुर्य सिलवाललाई घुस खुवाउन प्रयोग गरेको विश्वास गरिएको छ । यद्यपि सो बारे गृहमन्त्री गुरुङले केही उल्लेख गरेका छैनन् ।

गृहमन्त्री सुधन गुरुङको स्पष्टिकरण पत्रले स्टार माइक्रको इन्स्योरेन्स कम्पनीलाई लघुबीमाको लाइसेन्स दिँदा तत्कालिन बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले घुस सेटिङ गरेको तथ्य स्थापित हुन आएको छ । तत्कालिन अध्यक्ष सिलवालले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँगको घुस सेटिङमा २०७९ सालको माघमा निर्वाचन भइरहेका बेला ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेका थिए । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न अख्तियारमा उजुरी परेको भएपनि कुनै सुनुवाई भएको थिएन ।
अहिले सुधन गुरुङ आफै गृहमन्त्री छन् । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीसहितका लघुबीमाको लाइसेन्स वितरणमा व्यापक भ्रष्टाचार गरी सुर्य सिलवालले घोटाला गरी इमाडोलमा रहेको डाउनटाउन हाउजिङमा घर किनेको सम्बन्धमा पनि छानविन हुने सम्भावना देखिएको छ । भ्रष्टाचारीमाथि शून्य सहनशिलता अपनाउने गृहमन्त्री गुरुङले आफैलाई ठग्ने सिलवालमाथि कस्तो कारवाही गर्छन प्रतिक्षाको बिषय बनेको छ ।

यो पनि पढौंः
लघुबीमाको लाइसेन्सका लागि प्रतिकित्ता ५५ रुपैयाँदेखि १०० रुपैयाँसम्म घुस रकम संकलन
लघुबीमाको लाइसेन्स लिलाम बढाबढमा बिक्री हुँदै, सूचना प्रकाशन गर्ने तयारीमा बीमा समिति











